बिहार चुनावः नितिश कुमार अगाडी, पछिपछि तेजस्वी
बिहार राज्यमा मुख्यमन्त्रीका दाबेदार नितिश कुमार र तेजस्वी यादवबीच कड़ा प्रतिष्पर्धा

२०७७ कार्तिक २५ मंगलबार, बिहान ११:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बिहार । छिमेकी राष्ट्र भारतको बिहार राज्यमा सम्पन्न भएको चुनावको मतगणना अहिले जारी छ । बिहार बिद्यान सभा चुनाव २०२० को लागि राज्यको जनताले आफ्नो जनादेश भोँट खसालेपछि अहिले मतगणना जारी छ ।
बिहार राज्यमा मुख्यमन्त्रीका दाबेदार नितिश कुमार र तेजस्वी यादवबीच कड़ा प्रतिष्पर्धा चलिहरेको छ । कुनै बेला एनडिए अगाडी हुन्छ भने कुनै बेला महागबन्धन अगाडी हुँदै गएको देखिएको छ ।
नितिश कुमारलाई लालु प्रसाद यादवका छोरा तेजस्वी यादव सीधा टक्कर दिरहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार २ सय ४३ सिटको लागि भएको मतदानमा समाचार तयार गर्दासम्म नितिश एनडिए १२९ र आरजेडीको ९७ स्थानमा अग्रता लिएको अपडेट गरिएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…