पहलवानी मधेशको पहिचान : मेयर यादव
स्थानीय प्रशुराम युवा क्रीकेट टिम द्वारा आयोजित क्रीकेट टुर्नामेन्ट तथा मेला समिति द्वारा आयोजित पहलमानी प्रतियोगिता समेत सहभागीता जनाउँदै मेयर यादवले कुस्तीलाई स्थान दिनुपर्ने माग उठाए ।

२०७७ कार्तिक २३ आइतबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिलाबिहारी नगरपालिकाका नगर प्रमुख अनिल कुमार यादवले पहलवानी मधेशको पहिचानको रुपमा रहेको बताएका छन् ।
मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरन्दाहा स्थित सँतोषी मेलाको उपलक्ष्यमा आयोजना गरिएको कुस्ती (पहलवानी) कार्यक्रमको उदघाटन कार्यक्रममा बोल्दै मेयर यादवले कैयौं बर्षदेखि नै तराई मधेशमा कुस्ती खेल खेल्दै आएपनि उचीत व्यवस्थापनको कारण पहलवानीले दायरा बनाउन नसकेको बताए ।
उनले सरकारको तर्फबाट पनि वा सम्बन्धित निकायको तर्फबाट पनि पहलवानहरुलाई निरुत्साहित गरिएको कारण कुस्ती मधेशमा लोप हुँदै आएको बताए ।
स्थानीय प्रशुराम युवा क्रीकेट टिम द्वारा आयोजित क्रीकेट टुर्नामेन्ट तथा मेला समिति द्वारा आयोजित पहलमानी प्रतियोगिता समेत सहभागीता जनाउँदै मेयर यादवले कुस्तीलाई स्थान दिनुपर्ने माग उठाए ।
सो कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत बिरेन्द्रलाल कर्ण बिशिस्ट अतिथि, वडा नं. १ को वडा अध्यक्ष प्रमोद मण्डल , नेकपा जिल्ला सदस्य रौदी मुखिया , जिल्ला सदस्य गुरुदेब यादव , नेकपा नेता चन्द्र मण्डल , युवा नेता जङ्ग बहादुर ज्युको आतिथ्य लगायत खेलाडी , आमजनसमुदायको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…