खेलकुद सद्भाव र अनुशासन सिकाउने शासन : मेयर यादव
खेलबाट खेलाडीहरुबीच मात्र नभई एक समाज, समुदाय, गाउँहरुबीच पनि आपसी सदभाव कायम हुने गरेको बताउँदै ईष्र्यामुक्त समाजको लागि पनि खेलकूद अपरिहार्य रहेको बताए ।

२०७७ कार्तिक २२ शनिबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले खेलाडी र खेलकूद आपसी सदभाव कायम गर्ने असल शासनको माध्यम रहेको बताएका छन् ।
मिथिला बिहारी नगरपालिका वडा नं. ४ कजरा टोल स्थित आयोजना गरिएको सँतोषी मेलाको उपलक्ष्यमा भलिबल प्रतियोगिता उदघाटन गर्दै उनले खेल र खेलाडी आपसी सदभाव कायम गर्ने असल माध्यम रहेको बताए ।
माँ सन्तोशी युवा क्लबद्धारा आयोजित सो भलिबल प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर यादवले खेलकूदकै माध्यमबाट युवाहरुले समाजको नाकारात्मक भावना र नाकारात्मक पक्षलाई निरुत्साहित गर्न सकिने बताए ।
खेलबाट खेलाडीहरुबीच मात्र नभई एक समाज, समुदाय, गाउँहरुबीच पनि आपसी सदभाव कायम हुने गरेको बताउँदै ईष्र्यामुक्त समाजको लागि पनि खेलकूद अपरिहार्य रहेको बताए ।
मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिता कुमारी साहले बिशिष्ट अतिथिको आसनबाट बोल्दै नगरका युवाहरुको लागि खेलकूदको माध्यमबाट पनि राष्ट्रिय स्तरसम्म चिनाउने प्रयत्न गन आग्रह गर्दै यसका लागि नगरपालिकाबाट विशेष योजना ल्याउने बताईन ।
उदघाटन कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य लक्ष्मी यादव , वडा न १ को अध्यक्ष प्रमोद मण्डल , ४ को वडा अध्यक्ष महादेव यादव लगायत गाउँको भद्रभलादमी , बुद्धिजीवी , सामाजसेवी , राजनीतिकर्मी , खेलाडी तथा शिक्षाप्रेमीको उपस्तिथि रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…