फूलबरियामा आयोजित फूटबल प्रतियोगिता सम्पन्न, धरमपुर बने विजेता
यससँगै उक्त प्रतियोगितामा धरमपुर पहिलो बनेको छ भने मझौवा द्वितीय बनेको छ ।

२०७७ कार्तिक १८ मंगलबार, दिउँसो १२:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका-७ स्थित फूलबरियामा आयोजित फूटबल प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानीय फूलबरिया युवा क्लबले बाजुमाविको प्रांगणमा आयोजना गरेको फूटबल प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रतियोगिताको फाइनल खेलमा धरमपुर टिम विजेता बनेको छ ।
फाइनलमा पुगेका धरमपुर र मझौवाबीच सोमबार भएको खेलमा धरमपुर टिम जित हात पारेको हो । धरमपुरले मझौवालाई १ गोल अन्तरले हराउँदै विजेता बनेको आयोजकले जनाएको छ ।
दुबै टिमसँग तीनतीन गोल अंक हुँदा पेनाल्टी मार्फत् धरमपुरले एक गोल गर्दै जित आफ्नो पोल्टामा पारेको हो । यससँगै उक्त प्रतियोगितामा धरमपुर पहिलो बनेको छ भने मझौवा द्वितीय बनेको छ ।
प्रतियोगितामा प्रथम बनेको धरमपुरले २१ हजार १ सय ५१ रुपैयाँ पुरस्कार राशी पाएका छन् । धरमपुर टिमलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जसपाका रामेश्वर यादवले नगद पुरस्कार, कप, मेडल तथा प्रमाणपत्रसहित पुरस्कृत गरे ।
यस्तै, द्वितीय बनेको मझौवालाई पनि १५ हजार १ सय ५१ रुपैयाँ नगद, कप, मेडल तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।
यता, प्रतियोगिताका आयोजक फूलबरिया युवा क्लबलाई पनि वडा कार्यालयले फूटबल, नेट र ड्रेस सहयोग गरेको छ । गत असोज २५ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट गरी जम्मा १४ टिम सहभागी भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…