जातीय छुवाछुतको कुरितिलाई चुनौति दिदै यी जोडीले गरे अन्तरजातीय विवाह
दुवै जनाले समाजको कुरितीलाई पन्छाउँदै कानुनी विवाह गरी उदाहरण

२०७७ कार्तिक १८ मंगलबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली समाजमा जातीयता त्रासले जरा गाडेको बेला एक जोडीले कानुनी रुपमा अन्तरजातीय विवाह गरी जातीय छुवाछुत जस्तो कुरितीलाई चुनौति दिएको छ ।
प्रदेश नम्बर २ को बारा जिल्ला बस्ने भागीरथी चमारका छोरा धीरज चमार र धर्मपानीया बस्ने सुथन महतोकी छोरी नेहा कुमारी महतोले अन्तरजातीय विवाह गरी जातीय छुवाछुत जस्ता समाजिक कुरितिलाई चुनौति दिदै समान नागरिकको पाठ दिएका हुन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने धीरज तथा कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ७ धर्मपानीया बस्ने नेहाले कपिलवस्तु अदालतमै कानुनी विवाह सम्पन्न गरेका हुन् ।
सोमबार दुवै जना अदालतमा उपस्थित भई मुलुकी देवानी (सँहिता) ऐन २०७४ को दफा ७७ बमोजिम दर्ताद्धारा विवाहको लागि दिएको निवेदनलाई स्वीकृत गर्दै अदालतले उनीहरुको कानुनी विवाह गराईदिएका हुन् ।
अन्तरजातीय र कानुनी विवाहको लागि अदालतले दिएको प्रमाणपत्र यसअघि गाउँमा आफूलाई उच्च समुदाय वा जाती भनाउँदा सहित सुनुयोजित तरिकाले धीरज चमारलाई हत्या सम्म गर्ने प्रयास गरेको बताईएको छ । कैयौं वर्षदेखि प्रेममा परेका दुवै जनाले समाजको कुरितीलाई पन्छाउँदै कानुनी विवाह गरी उदाहरण बनेका हुन् ।
नेपाल सरकारले कानुनी विवाहको मान्यता दिएको हो । समाजमा जातीय छुवाछुतले गर्दा हिँसा, उत्पीडन जस्ता घटनाहरु बढेपछि सरकारले अन्तरजातीय विवाहको मान्यता दिएपछि उनीहरु पनि कानुनी विवाह गरी पती पत्नी बनेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…