जनकपुरः कोदालो माग्ने बहानामा काकाद्धारा बलात्कारको प्रयास !
यस अघिपनि कार्तिकमा समाचकेबा खेल्न गएको बेला आफूमाथि यस्तै हर्कत गर्न खोजेको थियो ।

२०७७ कार्तिक १६ आइतबार, दिउँसो १२:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै घरमा सुतिरहेको अवस्थामा एक किशोरी उपर बलात्कारको प्रयास भएको आरोप लगाईएको छ ।
आफ्नै घरमै सुतिरहेको अव्यवस्थामा १८ वर्षीय किशोरीमाथि छिमेककै एक ४० वर्षीय पुरुषले बलात्कारको प्रयास गरेको आरोप लगाएको हो ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मंगुराहा बस्ने यादव थरको (नाम गोप्य राखिएको) एक युवकले कोदालो माग्ने बहानामा घरमा सुतिरहेको युवतीमाथि बलात्कारको प्रयास गरेको आरोप लगाएको हो ।
गत बिहीबार बिहान् करिब पाँच बजे घरमा कोही नभएको मौकाछोपी जबरदस्ती गर्न खोज्दा युवतीले प्रतिकार गर्दा उनी भागे किशोरीले बताएकी छन् ।
किशोरी घरबाट चिच्याउदै बाहिर निस्किएर घटना बारे छिमेकीहरुलाई जानकारी गराएपछि घटना बाहिरिएको हो । गाउँमा सबैले घटना बारे थाहा पाइसकेपछि आरोपित यादवले युवतीको घरमा पुगेर आफूबाट गल्ती भएको घटना अगाडि नबढाउन दबाब समेत दिएको पीडित युवतीले बताइन् ।
उनले भनिन् “यस अघिपनि कार्तिकमा समाचकेबा खेल्न गएको बेला आफूमाथि यस्तै हर्कत गर्न खोजेको थियो ।”
आरोपित यादव छिमेकी भएकाले सधै काका भन्दै आएका थिए र उनको छोरी पनि मिल्ने साथी भएकोले पहिलाको घटना कसैले बताएका थिएनन् ।– “तर यसपालि कानुनी सजाय दिलाएर छाडछौं”– किशोरीले भनिन् ।
आफू बिहानै घरबाट पराल लिन खेततिर जादै गर्दा बाटोमा आरोपित यादव भेटाए र कोदालो मागेको तगा घरमा छोरी भएको भन्दै कोदालो माग्न भनेको उनकी आमाले बताईन । “खेतबाट घर आउने बित्तिकै मेरी छोरी मसँग टाँसिएर रुन थालिन र सोधेपछि उनको कर्तुतको बारेमा बताएपछि सबैलाई जानकारी गराए ।” उनकी आमाले भनिन् ।
घटना गाउँघरमै मिलाउन दबाब दिन थालेपछि दबाब झेल्न नसकेर छोरीलाई तत्कालै उनको मामाघर पठाउनु परेको गुनासो पोखिएको छ । उनकी आमाले प्रहरीमा उजुरी दिने तयारी गरिएको बताईएको छ ।
उनकी आमाले रुदै भनिन्–“छोरीको विवाह पनि लागेको थियो फाल्गुन हुने करिबकरिब पक्का भैसकेको थियो अब यस्तो घटाउन सुनेपछि त्योपनि छुटिने भयो अब छोरी विवाह कसरी हुन्छ त्यसमा चिन्ता लागेको छ ।”
यता, ईलाका प्रहरी कार्यालय धनुषाधामले यस्तो घटनाबारे आफु कहाँ कुनै प्रकारको जानकारी नआएको प्रतिक्रिया दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…