सिरहाको गोलबजारमा तरुणदलद्धारा जिल्लास्तरीय फुटबल
प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार ५०० सय नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र समेत दिइने

२०७७ कार्तिक १२ बुधबार, बेलुकी ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ११ बलकावामा जिल्ला अस्थरिय फुटबल प्रतियोगिता सुरु भएको छ ।
बुधबार नेपाली काँग्रेस निकट नेपाल तरुण दलका नगर समिति निरज सिंहको अध्यक्षता तथा नेपाल तरुण दलका जिल्ला सदस्य तथा युवा नेता अरबिन्द मण्डलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उदघाटन गरिएको हो ।
फुटबल प्रतियोगिताको पहिलो दिनको खेलमा लहान नगरपालिका भोटिया टोल र नरहा गाउँपालिका पानबारी वडा नं. २ बीच भएको छ । जसमा लहान नगरपालिका भोटिया टोलका खेलाडिहरुले पहिलो दिनको खेल पराजित गरेका हुन । विभिन्न ठाउँबाट खेलाडी तथा टिमहरु सहभागी भएको छ ।
खेलको उदघाटन क्रममा मण्डलले चाडपर्वको अवसर पारेर आयोजना गरेको फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार ५०० सय नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र समेत दिइने जनाए ।
यस्तै, दोस्रो हुनेलाई २० हजार ५०० सय दिइने छ , मेडल र प्रमाणपत्र समेत प्रदान गरिने मण्डलले जानकारी दिए । बिशेष अतिथिमा प्रबिन साह र नेपाली कांग्रेसका गोलबजार नगर सभापति लाल बाबू साह तरुण दलका छेत्रीय अध्यक्ष धनेश्वर यादव , तरुण दलका युवा नेता महेश्वर यादव , जितेन्द्र कुमार यादव , फिरन ठाकुर, बिजय मण्डल , सेखर यादब, आदित्य सिंह ,सन्तोष यादब, प्रदिप यादव ,रमेश कुमार राय सबै तरुण दलका युवा साथिहरुको उपस्थिति थियो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…