टुर्नामेन्टमा सबैला टिम जीतेपछि मेयर साहद्धारा खेलाडीहरुको प्रशँसा
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिका स्थित ज्ञान ज्योति युवा कलबका खेलाडीहरु फुटबल प्रतियोगितामा विजयी हाँसिल गरेपछि नगर प्रमुख विजय शँकर प्रसाद साहले प्रशँसा सहित बधाई दिएका छन् । उनले टुर्नामेन्टमा सबैला टिम जितेपछि नगरपालिकाको नाम अगाडी बढाउन मदत गरेको भन्दै आफैं पुगेर खेलाडीहरुलाई सम्मा

२०७७ कार्तिक १२ बुधबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिका स्थित ज्ञान ज्योति युवा कलबका खेलाडीहरु फुटबल प्रतियोगितामा विजयी हाँसिल गरेपछि नगर प्रमुख विजय शँकर प्रसाद साहले प्रशँसा सहित बधाई दिएका छन् ।
उनले टुर्नामेन्टमा सबैला टिम जितेपछि नगरपालिकाको नाम अगाडी बढाउन मदत गरेको भन्दै आफैं पुगेर खेलाडीहरुलाई सम्मान गर्दै प्रशँसा गरे । उनले खेलाडीहरुको लागि नगरपालिकाबाट यसपालीको बजेटमा बजेट पारित गर्ने प्रतिवद्धता पनि जाहेर गरे ।
उनले नगरपालिकाको नाम अगाडी बढाउन खेलाडीहरुको ठुलो भूमिका रहेको भन्दै यसअघि खेल समाग्रीहरु प्रदान गर्दै आएकोमा यसपालीको आउँदो बजेटमा खेलाडीहरुलाई उत्साहित बनाउन नयाँ योजनाहरु ल्याउने बताए ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ सर्सा दुर्गा मेला समिती द्वारा आयोजित पहिलो दुर्गा फुटबल गोल्डकप २०७७ मा टिमले विजयी हाँसिल गरेको हो । फुटबल प्रतियोगिता फाइनल खेलमा सर्सा –१ गोल र खैरबोना– २ गोल गरेर विजयी भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…