खेलाडीको भविष्य स्थानीय सरकारले पनि उजागर गर्नुपर्छ : मेयर मण्डल
विभिन्न ठाउँबाट खेलाडी तथा टिमहरु सहभागी भएको छ ।

२०७७ कार्तिक १२ बुधबार, बिहान ८:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले खेलाडीहरुको भविष्यप्रति आफू साकारात्मक रहेको बताएका छन् ।
मानव जिवनको लागि खेलकूद अपरिहार्य रहेको भन्दै उनीहरुको भविष्यप्रति स्थानीय सरकारको पनि जिम्मेवारी रहेको बताए । धनुषाको धनुषाधाम नगरपालिकाको मालटोलमा बुधबारदेखि सुरु भएको खुल्ला नक आउट फुटबल प्रतियोगिताको उदघाटन गर्दै मेयर मण्डलले सो कुरा बताएका हुन् ।
फुटबल प्रतियोगिताको पहिलो दिनको खेलमा धनुषाधाम नगरपालिका वडा नं. ३ सर्सा र मिथिला नगरपालिका वडा नं. ४ मधुवासाबीच भएको छ । विभिन्न ठाउँबाट खेलाडी तथा टिमहरु सहभागी भएको छ ।
मालटोल फुटबल कल्बका अध्यक्ष ऋिषीकेस पाख्रीनको अध्यक्षता तथा नगरप्रमुख मण्डलको प्रमुख आतिथ्यमा भएको उदघाटन सत्रमा खेलाडीहरुप्रति नगरपालिका समेत साकारात्मक रहेको बताएका थिए ।
अध्यक्ष पाख्रीनले चाडपर्वको अवसर पारेर आयोजना गरेको सो खुल्ला नक आउट फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई २१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र समेत दिइने छ । यस्तै, दोस्रो हुनेलाई ११ हजार तथा तेस्रो हुनेलाई ५ हजार , मेडल र प्रमाणपत्र समेत प्रदान गरिने अध्यक्ष पाख्रीनले जानकारी दिईन ।
खेलको क्रममा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ भने विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लोकर लगायतका विद्यामा पुरस्कार दिइने छ ।
सोही कार्यक्रममा नगर उप्रमुख बिध्या देवि भुजेलले भनिन् –“खेलाडीलाई गर्नुपर्ने कामहरु बारेमा हामी सकारात्मक छौ , हामी खेलाडीहरुको हौसाला बढाउन लागि खेल सामग्री बितरण गर्दै आएका छौ । अझै खेलाडीप्रती हामी साकारात्मक छौं ।”
कार्यक्रममा समाजसेवी लक्ष्मीनारायण मण्डल मन्तव्यको क्रममा खेलाडिहरु देशको गौरब खेलमा हार जित हुने र खेलखेलौ सोचले खेलौ एक आपसम दाजु भाईको सम्बन्ध कायम राखी खेलै सबै खेलाडीलाई शुभकामना समेत दिए ।
कार्यक्रममा बिशिस्ट अतिथी नगर उपप्रमुख बिध्या देवि भुजेल वडा नं का वडा अध्यक्ष राजकिशोर साह ,५ का अध्यक्ष इन्द्रकुमार महतो ,६ का अध्यक्ष बन्दे बहादुर मोक्तान समाजसेवि लक्ष्मीनारायण मण्डल ,जिल्ला फुटबल संघ बरिस्ठ उपाध्यक्ष कल्याण खडका ,फुट्बल संघ सद्स्य आचुतम बराल ,फुटबल प्रशिक्षक प्रकाश अर्याल लगायत स्थानीय भद्रभलादमिको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन समाजसेवी बन्द्ना कर्णले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…