ट्रकले लियो ट्राफिकको ज्यान
न्यूज ब्युरो || हरियाणा,भारत । सधैँ सवारी तथा चालकलाई दुर्घटनाबाट बचाउन दिनरात प्रयासरत ट्राफिक प्रहरीलाई सवारीले नै ज्यान लिएको छ । घटना भारत हरियाणा राज्य कुरुक्षेत्रको हो । आज अपरान्ह हरियाणा कुरुक्षेत्र कैठाल सडकखण्ड अन्तर्गत बुलेट मोटरसाईकलमा सवार ट्राफिक प्रहरीलाई ट्रकले कुल्चेर ज्यान गएको छ ।

२०७४ माघ २५ बिहीबार, राति ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो ||
हरियाणा,भारत । सधैँ सवारी तथा चालकलाई दुर्घटनाबाट बचाउन दिनरात प्रयासरत ट्राफिक प्रहरीलाई सवारीले नै ज्यान लिएको छ ।
घटना भारत हरियाणा राज्य कुरुक्षेत्रको हो । आज अपरान्ह हरियाणा कुरुक्षेत्र कैठाल सडकखण्ड अन्तर्गत बुलेट मोटरसाईकलमा सवार ट्राफिक प्रहरीलाई ट्रकले कुल्चेर ज्यान गएको छ ।
बुलेट मोटरसाईकमा चालकको पछाडी बसेका ट्राफिक प्रहरीको ज्यान गएपनि चालक भने सकुशल रहेको जनाइएको छ ।
हाम्रा सहकर्मी रितेश कुमार शर्माले हरियाणाबाट दिएको जानकारी अनुसार, त्यस सडकखण्डमा मोटरसाईकल पछाडी बसेका ट्राफिक प्रहरी मोटरसाईकल चालक अत्यधिक मदिरा सेवन गरेका थिए ।
मोटरसाईकल तीव्र गतिमा चलाउँदै गर्दा मदिराले मातिएका चालकले विपरित दिसा तर्फबाट आउँदै गरेका मालवाहक ट्रकमा ठोक्किएको थियो ।
मोटरसाईकल चालक सकुशल रहेपनि तीव्र गतिमै रहेको मालवाहक ट्रक मोटरसाईकल सँगै भुंईमा लडेका ट्राफिक प्रहरी उपर चढेको थियो ।
टाउको भएरै ट्रकको चक्का गएपछि तत्कालै ट्राफिक प्रहरीको ज्यान गएको हो ।
यता, ट्रक चालक फरार भएको छ भने ट्रक स्थानीय प्रहरीको नियन्त्रणमा रहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको हाम्रा सहकर्मीले जनाएको छ ।
ट्राफिकको नाम र ठेगाना भने खुल्न सकेको छैन । केही बेरमा औपचारिक जानकारी आउने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…