जनकपुरलाई हराउँदै 'टोकी भलिबल टिम' बने च्याम्पीयन
ललियामा प्रत्येक बर्ष भव्यताका साथ दुर्गा पूजा आयोजना गर्दै आएको मेला समितिका सुरेन्द्र प्रसाद साहले जानकारी दिए ।

२०७७ कार्तिक ११ मंगलबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक बर्ष दुर्गा पूजाको अवसर पारेर धनुषाको ललियामा आयोजना हुँदै आएको भलिबल च्याम्पीयनसीप प्रतियोगितामा टोकी भलिबल टिम जीत हाँसिल गरेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ५ ललियामा सम्पन्न भएको सेईट भलिबल च्याम्पीसयनसीप २०७७ मा सोमबार भएको अन्तिम खेलमा जनकपुरधामलाई हराउँदै टोली भलिबल टिम जीत हात पारेको हो ।
गत कार्तिक ६ गतेदेखि सुरु भएको भलिबल च्याम्पीयनसीपमा कुल १६ वटा भलिबल टिमले सहभागीता जनाएको थियो । धनुषा सहित अन्य जिल्लाको पनि खेलाडीहरु सहभागी भएको थियो । दुर्गा पूजा आयोजक समितिले आयोजना गरेको सो खेलको अन्तिम दिन टोकी भलिबल टिम जीत हात पारेको खेलकूद सँयोजक श्रीप्रसाद यादवले जानकारी दिए ।
खेलको क्रममा जनकपुरधाम १७ का टिम दोस्रो स्थान हात पारेको थियो भने धनुषाको भोइल टिम तेस्रो स्थान प्राप्त गरेको जनाईएको छ । प्रथम हुने टिमलाई ५० हजार १ सय ५१ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो ।
सोही क्रममा दोस्रो हुने टिम जनकपुरधामलाई २० हजार १ सय ५१ नगद सहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने तेस्रो हुने भोइल टिमलाई ५ हजार १ सय ५१ रुपैयाँ नगद सहित ट्रफी, प्रमाणपत्र र खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो ।
सो खेलको लागि जनकपुरधाम स्थित रहेको राष्ट्रिय वाणिज्य बैक जनकपुर शाखाले आर्थिक सहयोग गरेको बैंकका प्रतिनिधि अजय साहले जानकारी दिए । यसका साथै, सो खेलको लागि अन्य विभिन्न संघसस्थाको सहयोग गरेको थियो ।
ललियामा प्रत्येक बर्ष भव्यताका साथ दुर्गा पूजा आयोजना गर्दै आएको मेला समितिका सुरेन्द्र प्रसाद साहले जानकारी दिए । मेला भर्नको लागि आसापासका गाउँ सहित विभिन्न स्थानबाट मोटो सँख्यामा श्रद्धालुहरु आउने गरेको समितिका साहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…