आईपिएलमा सट्टेबाजी लगाउने ३ जना पक्राउ
किङ्गस इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिम बिच भइरहेको खेलमा साट्टाबाजी खेलिरहेको अवस्थामा पक्राउ

२०७७ कार्तिक ६ बिहीबार, बेलुकी ६:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दुबईमा चलिरहेको ईण्डियन प्रिमियर लिग (आईपिएल) खेलमा सट्टेबाजी लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नं. २ को बारा कलैया स्थित बजारमा आईपिएलमा सट्टाबाजी खेल खेलिरहेको गोप्य सूचनाको आधारमा बारा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गोप्य रूपमा बुझ्दै जाँदा उनीहरुलाई पक्राउ गरेको हो ।
कलैया उपमहानगरपालिका वडा नं. १ राजदेवी टोल स्थित राजु कुमार यादवको घरमा किङ्गस इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिम बिच भइरहेको खेलमा साट्टाबाजी खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
घर धनी स्थानीय गौरीशंकर प्रसाद यादवको छोरा वर्ष २५ को राजु कुमार यादव, सोही ठाउँ बस्ने बस्ने सुरेश प्रसाद सरार्फको छोरा वर्ष २७ को दिपक कुमार सरार्फ, र मोतिबाग टोल बस्ने सुरेन्द्र दासको छोरा वर्ष २९ को रबि दासलाई पक्राउ गरिएको हो ।
उनीहरुको शरीर तथा घरकोठा समेतको तलासी लिने क्रममा कोठा समेतबाट उनीहरुले सट्टाबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक सहित १ लाख ७७ हजार ५० रुपैयाँ नगद, मोबाइल थान २ समेत फेला परेको जनाइएको छ ।
तीनै जनालाई सट्टाबाजी मुद्दा अन्तर्गत बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
#Ipl2020 #sattebaji
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…