धनुषाः युवतिमाथि सामुहिक बलात्कार, भिडियो बनाउँदै मार्ने धम्की दिएको भन्दै उजुरी !
भिडियो बनाएर बलात्कार गर्दै महिलाले लगाएको सुनको मंगलसुत्र, कानमा लगाएको नथियाहरु खोसेको

२०७७ असोज ३० शुक्रबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एक वडामा महिला उपर सामुहिक बलात्कार आरोपमा प्रहरीमा उजुरी गरिएको छ ।
कमला नगरपालिका वडा नं. ८ हरिने टोलमा एक २२ बर्षिय युवति (विवाहित) उपर सामुहिक बलात्कार गरिएको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरिएको छ । गत असोज २६ गते राति गाउँकै ३ जना युवाहरु मिलेर सामुहिक बलात्कार गरेको पिडित युवतिको आरोप छ ।
विहिबार जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिँदै ती युवतिको परिवारले टोलकै ३ जनाले बलात्कार गरेको खुलाएको छ । यही २६ गते राति १२ बजे सुति रहेकी महिलालाई प्यास लागेर कलमा पानी लिन गएपछि सामुहिक बलात्कार गरिएको जिप्रका धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जनाए ।
पीडितको उजुरीमा छिमेकीको बाख्रा चोर्न लागेका ३ जना युवाहरुले उनलाई देखेपछि तिनै जना मिलेर सामुहिक बलात्कार गरेको थियो । सो प्रकरणमा स्थानीय भोला महराका २ भाई छोरा ३५ वर्षीय शम्भु महरा र ३० वर्षीय सन्तोष महरा र सोही ठाउँ बस्ने कपिल मण्डलका ३० वर्षीय छोरा रामचन्द्र मण्डल खत्वेले जवरजस्ती हातमुख थिचेर बलात्कार गरेको आरोप युवतिको छ ।
भिडियो बनाएर बलात्कार गर्दै महिलाले लगाएको सुनको मंगलसुत्र, कानमा लगाएको नथिया र खुटटाको औंलामा लगाएको ठेसा समेत उनीहरुले लिएर गएको पिडित महिलाको आरोप छ । भिडियो बनाएर आफुलाई बलात्कार गरेपछि घटनाबारे कसैलाई भने सामाजिक संजालमा भिडियो राखि दिने र हत्या गर्ने धम्की बलात्कार आरोपीतहरुले धम्कीका कारण घटना प्रहरीमा ढिलो आएको हो ।
पिडित महिलालाई बलात्कार आरोपिहरुको कुटपिटबाट शरिरमा चोटपटक समेत लागेको छ । पिडित महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा असोज २९ गते राति प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परिक्षण गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमा मिश्रले बताए ।
आरोपितहरुको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…