धनुषामा भलिबल च्याम्पीयनसीप हुँदै
५० हजारसम्म पुरस्कारको व्यवस्था खेलमा गरिएको छ ।

२०७७ असोज २७ मंगलबार, दिउँसो ४:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आउँदो कार्तिकको प्रथम हप्तामै ओपन भलिबल च्याम्पीयनसीप हुने भएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको ललियामा सेइट नेपाल ओपन भलिबल च्याम्पीयनसीप हुन लागेको हो । आगामी कार्तिक ६ गतेदेखि सुरु हुने सो भलिबल प्रतियोगिताको लागि धनुषाको विभिन्न ठाउँबाट खेलाडी तथा टिमहरु सहभागी हुने भएको छ ।
च्याम्पीयनसीपमा सहभागी हुनको लागि ईच्छुक टिमले कार्तिक ५ गते दिउँसो १२ बजेसम्म मात्र आवेदन फाराम भर्न सकिने आयोजक दुर्गा पूजा मेला तथा समाज कल्याण सँस्था ललियाले जनाएको छ ।
विजया दशमीको अवसर पारेर आयोजना गर्न लागिएको सो भलिबल च्याम्पीयनसीपमा प्रथम हुने टिमलाई ३० हजार १ सय ५१ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र समेत दिइने छ । यस्तै, दोस्रो हुनेलाई २० हजार १ सय ५१ तथा तेस्रो हुनेलाई ५ हजार १ सय ५१ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजक समितिका श्रीप्रसाद यादवले जनाएका छन् ।
सो खेलको क्रममा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ भने विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लोकर लगायतका विद्यामा पुरस्कार दिइने छ ।
आयोजक समितिका सँयोजक यादवका अनुसार, भलिबल खेलप्रति खेलाडीहरुको प्रोत्साहन र युवाहरुलाई खेलप्रतिको उत्साह बढाउनको लागि मौका पारेर भलिबल च्याम्पीयनसीपको आयोजना गरिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…