सिरहाको सुखिपुरमा नगरस्तरीय म्याराथन
न्यूज ब्यूरो, सिरहा । सिरहाको सुखीपुर नगरपालिकामा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सुखीपुरमा नगर म्याराथन प्रतियोगितामा सम्पन्न भएको छ । नगर सुधार समिति सुखीपुरको आयोजनामा आयोजित “स्वास्थ्यका लागि दौड” भन्ने मूल नाराका साथ राखिएको प्रथम नगर म्याराथन दौड प्रतियोगितामा सहभागी ७२ जनालाई पछि पार्दै

२०७७ असोज २४ शनिबार, राति ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको सुखीपुर नगरपालिकामा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सुखीपुरमा नगर म्याराथन प्रतियोगितामा सम्पन्न भएको छ ।
नगर सुधार समिति सुखीपुरको आयोजनामा आयोजित “स्वास्थ्यका लागि दौड” भन्ने मूल नाराका साथ राखिएको प्रथम नगर म्याराथन दौड प्रतियोगितामा सहभागी ७२ जनालाई पछि पार्दै सुखीपुर नगरपालिका वडा नम्बर ४ कविलासीका राज किशोर यादवले निर्धारित दुरी ३७ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गरेको छ ।
१० कि।मि।को दौडमा दोश्रो स्थानमा वडा नम्बर ८ बम मनोज कुमार यादव, तेस्रो स्थानमा सोही वडाका जितेन्द्र महतो , चौथौ स्थानमा वडा नम्बर १० का संजिव यादव रहेका छन् ।
विजयी खेलाडीहरुले क्रमश १०, ८, ५, र ३ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी प्रदेश नम्बर २ का प्रदेश सभासद नरेश कुमार यादव, विशिष्ठ अतिथि प्रदेश नम्बर २ का प्रदेश सभासद मदन सेन प्रसाद श्रीवास्तव र सुनिता मोची , अतिथि सुखीपुर नगरपालिका वडा नम्बर ८ का हरिवंश महतो, नेपाली कांग्रेसका क्षेत्रिय २ का सभापति राम चन्द्र यादवले मनत्वय र पुरस्कार वितरण गर्नुभएका छन् ।
विभिन्न वडाका ७३ खेलाडीहरुले सहभागिता रहेको नगर सुधार समिति सुखीपुरका संयोजक तथा प्रतियोगितको अध्यक्ष विपि भुवन यादवले जानकारी गराए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…