भ्यालेन्टाइन डे विशेष || आज प्रोपोज डे
न्यूज ब्युरो || जनकपुरधाम, २५ माघ । प्रणय दिवस अर्थात प्रेम दिवस सप्ताहको दोस्रो दिन आज प्रोपोज डे रहेको छ । भ्यालेन्टाइन डे विक भनेर प्रत्येक ईस्वी सम्वत फेबररी ७ देखि सुरु भइ फेबररी १४ सम्म युवायुवतिले मनाउने गरिन्छ । आजको दिन हिजो गुलाफ प्रदान गरेका युवायुवतिले मनको कुरा भन्ने गरिन्छ । आजको दिन क

२०७४ माघ २५ बिहीबार, बिहान ९:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्युरो ||
जनकपुरधाम, २५ माघ ।
प्रणय दिवस अर्थात प्रेम दिवस सप्ताहको दोस्रो दिन आज प्रोपोज डे रहेको छ ।
भ्यालेन्टाइन डे विक भनेर प्रत्येक ईस्वी सम्वत फेबररी ७ देखि सुरु भइ फेबररी १४ सम्म युवायुवतिले मनाउने गरिन्छ ।
आजको दिन हिजो गुलाफ प्रदान गरेका युवायुवतिले मनको कुरा भन्ने गरिन्छ । आजको दिन कसौई मनको कुरा अर्थात् प्रेम प्रस्ताव राखेपछि अस्विकार नगर्ने भन्ने चलन भएपनि व्यवहार र सत्यतामा भने त्यस्तो होइन ।
अघि देखि नै केटा साथी भएका युवति तथा केटी साथी भएका युवा पनि आजको दिन बाहिर निस्कने भएकोले एकतर्फा प्रेम गर्दै एक आपसमा प्रस्ताव गरेपनि धेरैजसो अस्विकार हुने गरिन्छ ।
हृदयदेखि आफै उत्पन्न हुने प्रेमलाई आजको युवायुवतिहरुले कृतिम बनाएको देखिएको छ ।
फिल्मी स्टाइलमा मनाउने प्रेम दिवस फिल्मझैँ ३ घण्टा नटिक्ने पनि भएको देखिएको छ ।
बरु, विना भ्यालेन्टाइन डेको प्रतिक्षामा मिलेको मनलाई विछोड गर्न गाह्रो हुन्छ भने आजका दिन गरिएको प्रस्ताव टुटने सम्भावना प्रवल हुन्छ ।
पश्चिमी सभ्यता देशमा भित्रयाएको भन्दै सँस्कृति विदहरुले यसलाई नाकारात्म रुपमा लिएको छ ।
नेपाली सँस्कृतिमा पश्चिमी सभ्यता लादनको लागि अहिलेका युवायुवतिहरुले यस सभ्यतालाई प्रश्रय दिनु दुःखद रहेको बताइन्छ ।
हे प्रेमि प्रेमिका,
किन जाहेर गर्छौ देखावटी कृतिम प्रस्ताव प्रेमको,
जबकी तिमिलाई थाहै छैन भावना असल प्रेमको ,,
तिमिले दर्जनौलाई आज प्रस्ताव गर्छौ, के यो हो तिम्रो प्रेम ?
तिमिले आज आमाबुवालाई विर्सेर अन्जानसँग कृतिम प्रस्ताव गर्छौ, के यही हो तिम्रो प्रेम ?
प्रणय दिवस मनाउन रोक छैन, प्रणय दिवसको असलियत पनि बुझ
तिमिलाई प्रस्ताव गर्न रोक छैन, प्रस्तावको भित्र गएर पनि बुझ
किशोरावस्थामा गरिने प्रेम भ्यालेन्टाइनझैँ एक सप्ताहको मात्र हुन्छ,
एक सप्ताहमा तिम्रो जीवनको नभुलिने क्षण, जसले पलपल बरबाद पार्छ
भ्यालेन्टाइनको साहारामा, एक सप्ताहमै यौन प्यास बुझाउनु प्रेम हो र ?
स्वयँ अन्तरआत्मादेखि उत्पन्न हुने प्रेमलाई एक दिनको प्रतिक्षा गर्नु प्रेम हो र ?
पश्चिमी सभ्यताले तिमिलाई उतै तिर लैजादै छन होसियार होउ
सँस्कृतिलाई तिमि विलय गर्छौ भने तिम्रो प्रेम नाटक व्यवहारिक विलय हुनेछ ।
प्रस्ताव गर्दा वाचा पनि सँगै गर्नु आजै, किन प्रोमिस डेको प्रतिक्षा गर्नुपरयो ?
तिमिले उसको शरिर र ईज्जत बचाउन के गर्न सक्छौ, फाईदा किन उठाउनुपरयो ?
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…