खेल र खेलाडीलाई प्रोत्साहन हुनैपर्छ : मेयर मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले नगर भित्रका खेलाडी व्यवस्थापनको लागि नयाँ योजनाहरु ल्याउने बताएका छन् । हँसपुर नगरपालिका वडा नं. २ को खत्वे टोलमा आयोजित भलिबल टुर्नामेन्ट कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मेयर मण्डलले खेल र खेलाडीको व्यवस्थापन मार्फत नग

२०७७ असोज २० मंगलबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले नगर भित्रका खेलाडी व्यवस्थापनको लागि नयाँ योजनाहरु ल्याउने बताएका छन् ।
हँसपुर नगरपालिका वडा नं. २ को खत्वे टोलमा आयोजित भलिबल टुर्नामेन्ट कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मेयर मण्डलले खेल र खेलाडीको व्यवस्थापन मार्फत नगर विकासको लागि झन एक पाईला चाल्ने बताए ।
मेयर मण्डलकै अध्यक्षतामा आयोजित सो टुर्नामेन्ट गत असोज ३ गतेदेखि असोज १९ गतेसम्म सँचालन भएको थियो । उदघाटन सत्रमा मेयर मण्डलले खेलाडीहरुको लागि नयाँ योजना र उनीहरुलाई प्रोत्साहन गरी प्रदेश स्तरीय, राष्ट्रिय स्तरको खेलाडी निर्माण गर्न प्रयासरत रहेको बताए ।
कुल २२ टिम सहभागीता रहेको उक्त खेलको फाईनलमा आयोजक टिम र कटरैत टिमबीच भएको खेलमा कटरैत टिम प्रथम र आयोजक टिम दोस्रो तथा प्रसाही टिम तेस्रो भएको हो ।
तीनवटै टिमलाई पूर्वघोषित अनुसार पुरस्कार वितरण गरिएको जनाइएको छ । बिश्वकर्मा भलिबल टिमको अध्यक्ष मदन मंडलको अध्यक्षता तथा मेयर मंडल प्रमुख आतिथ्यमा सम्पन्न भएको सो खेलको समापन कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष उदय साह, ज. स. पा. नेता रमन सिंह, युवा नेता कमलेश साह, मंगला मंडल ,पुने मंडल ,राजन मंडल , समाजसेवी , बुद्धिजीवी ,किसान ,मजदुर ,युवा ,खेलाडीहरु सहभागीता रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…