धनुषाः महिनाथपुर बोर्डरबाट १५ किलो गाँजा पक्राउ
शसस्त्र प्रहरीले बुझाएको उक्त गाँजाको मुल्याङ्कन करिब २ लाख २५ हजार रुपैया रहेको

२०७७ असोज १९ सोमबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अबैध तस्करी नियंत्रण तथा रोकथामका लागि खटिएको बोर्डर आउट पोष्ट महिनाथपुरको टोलीले आज बिशेष सुचनाको आधारमा १५ किलो गाँजा पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।
धनुषाको बिदेह नगरपालिका वडा नम्बर १ ठाढि स्थित दशगजाबाट नेपालबाट भारत लग्दै गर्दा सो गाँजा पक्राउ गरेको हो । आईतबार दिउँसो करिब २ बजेको समयमा टाउकोमा बोकेर नेपालबाट भारत पार गर्नै लाग्दा डिउटीमा खटेका शसस्त्र प्रहरीले रोक्न खोजेको थियो । राक्न भन्नै बितिकै गाँजाको पोका छाडेर भागेको इन्सपेक्टर दिेलेन्द्र खत्रीले जानकारी दिए ।
शसस्त्र प्रहरीले बुझाएको उक्त गाँजाको मुल्याङ्कन करिब २ लाख २५ हजार रुपैया रहेको खत्रीले बताए । केहि दिन अघि मात्रै शसस्त्र प्रहरी महिनाथपुरले बिदेह नगरपालिका वडा नम्बर २ गोबराहि स्थित दशगजाबाट नेपालबाट भारत निकासी गरी लग्दै गर्दा आधा किलो चाँदी पक्राउ गरी भन्सार बुझाएक थिए ।
साईकलको क्यारियरमा बोराको झोलामा राखेर लगिरहेको बेला बिशेष सुचनाको आधारमा पक्राउ गरेको थियो । उक्त चाँदीको मुल्याङ्कन ६० हजार ९ सय ४२ रुपैया भन्सारले तोकेको थियो ।
शसस्त्र र नेपाल प्रहरीको प्रत्यक्ष मिलोमतोमा धनुषाको बिभिन्न नाकाहरुबाट नेपालबाट भारत रक्सी, मटर, मरिच, सेव लगायतका समान ठुलो मात्रामा तस्करी हुने कार्य अझै पनि रोकिएको छैन । त्यस्तै भारतबाट लताकपडा खानेतेल, चिनि, मलखाद, रजनीगंधा, दुध पाउडर, चप्पल तथा हार्डवेयर लगायतका समान भित्रिने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…