भोली नेपाल र नामिबिया भिडदै, म्याच टिभिमा लाईभ हुने
एजेन्सी । नेपाल, २४ माघ । आईसीसी बिश्व क्रिकेट लिग डिभिजन- २ मा नेपाली फ्यानहरुले नेपालको एउटा मात्र खेलको प्रत्यक्ष प्रशारणको मजा लिन पाउनेछन्। क्रिकेट नामिबियाले आफ्नो अधिकारिक फेसबुक पेजमा जानकारी गराए अनुसार प्रतियोगितामा नामिबियाले खेल्ने सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ। यस अर्थ नेपालले खेल्न

२०७४ माघ २४ बुधबार, बेलुकी ५:०२ बजे१ मिनेट पढाइ

एजेन्सी ।
नेपाल, २४ माघ ।
आईसीसी बिश्व क्रिकेट लिग डिभिजन- २ मा नेपाली फ्यानहरुले नेपालको एउटा मात्र खेलको प्रत्यक्ष प्रशारणको मजा लिन पाउनेछन्।
क्रिकेट नामिबियाले आफ्नो अधिकारिक फेसबुक पेजमा जानकारी गराए अनुसार प्रतियोगितामा नामिबियाले खेल्ने सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ।
यस अर्थ नेपालले खेल्ने पहिलो खेलको प्रत्यक्ष प्रशारण नेपाली फ्यानहरुले हेर्न पाउनेछन्। प्रत्यक्ष प्रशारण क्रिकेट नामिबियाको फेसबुक पेजमा हुनेछ।
आईसीसी बिश्व क्रिकेट लिग डिभिजन- २ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आयोजक नामिबियासंग बिहिबार ( फेब्रुअरी ८) खेल्दैछ।
एफिस पार्क मैदान, विन्डोकमा हुने खेल नेपाली समय अनुसार 1:15 बजे दिउसो सुरु हुनेछ।
नेपाल र आयोजक नामिबिया सहित प्रतियोगितामा केन्या, ओमान, युएई र क्यानडा गरि कुल ६ टिम प्रतिस्पर्धा गर्दैछन्। ६ टिम मध्ये उत्कृस्ट २ हुने टिमले २०१९ को बिश्वकप क्रिकेट प्रतियोगिताको लागि छनौट प्रतियोगिता खेल्ने मौका पाउनेछ।
प्रतियोगिताको आयोजक नामिबियाकोसंग खेलेपछि नेपालले दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।
प्रतियोगिताको पहिलो दिन ३ वटा खेलहरु सम्पन्न हुनेछन्। पहिलो दिन केन्या र युएई, नेपाल र नामिबिया तथा क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नेछन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…