बाबरी मस्दिज विध्वंश प्रकरणमा २८ वर्षपछि फैसला, सबै आरोपिलाई सफाई
सन् १५२७ मा बनेको बाबरी मस्जिद सन् १९९२ मा भत्काइएपछि विवाद सुरु भएको थियो ।

२०७७ असोज १४ बुधबार, दिउँसो ४:५५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, भारत । भारतको अयोध्यामा सन् १९९२ मा खसाइएको बाबरी मस्दिज मुद्दा प्रकरणमा आरोपित ३२ सै जनालाई लाई अदालतले सफाई दिएको छ ।
६ डिसेम्बर १९९२ मा अयोध्यामा बाबरी मस्जिदको ढाँचा खसाइएएको थियो । २८ सालपछि यस प्रकरणमा सिबिआईको विशेष अदालतले आरोपितहरुलाई सफाई दिएको हो ।
लखनउको विशेष सिबिआई अदालतले आरोपीहरुको विरुद्ध पर्याप्य प्रमाण नभेटाएको भन्दै उनीहरुलाई सफाई दिएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । त्यस प्रकरणमा अभियुक्त बनाइएको ३२ सै जना आरोपितलाई (बरी) अर्थात सफाई दिइएको हो ।
सो प्रकरणमा भारतीय जनता पार्टी (बिजेपी) का बरिष्ठ नेता नेता लाल कृष्ण आडवाणी, मुरली मनोहर जोशी र उमा भारती समेत कल्याण सिंह लगायतलाई अभियुक्त बनाइएको थियो ।
आज बुधबार लखनउको विशेष सिबिआई अदालतका न्यायधिस सुरेन्द्र कुमार यादवले आफ्नो फैसलामा भनेका छन्,–“यो घटना सुनुयोजित देखिएनन्, यो घटना अचानक भयो । त्यो समय भीडले मस्जिदको ढाँचा खसायो । जसलाई आरोपित बनाइएको छ उनीहरु ढाँचा बचाउने प्रयास गरेको थियो ।
२८ साल पुरानो यो मामिलामा न्यायधिस सुरेन्द्र कुमार यादवले फैसला सुनाउँदै त्यसमा विश्व हिन्दु परिषदको समेत कुनै हात नरहेको फैसलामा उल्लेख गरिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…