टयाक्टरले ठक्कर दिँदा किशोरी ठहरै, तुहियो आमाबाबुको सपना
यसका साथै छोरीलाई अधिकारी बनाउने आमावुवाको सपना ठाकुरको मृत्यूसँगै तुहिएको छ ।

२०७४ माघ २४ बुधबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो ||
बारा, २४ माघ ।
टयाक्टरले ठक्कर दिँदा एक किशोरीको घटनास्थलमै मृत्यू भएको छ ।
कलैया विरगँज सडकखण्ड अन्तर्गत आज अपरान्ह ज १ प १४१० नम्बरको टयाक्टरले ठक्कर दिँदा कलैया उपमहानगरपालिका–२५ सिसहनीया बस्ने जीउत ठाकरको वर्ष १६ की छोरी नीभा ठाकुरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
आगमी चैत्तमा हुन लागेको एईई परीक्षा पूर्व लिने टेस्ट परीक्षाको लागि विद्यालयबाट घर फर्किने क्रममा साईकलमा सवार ठाकुरलाई टयाक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
यसका साथै छोरीलाई अधिकारी बनाउने आमावुवाको सपना ठाकुरको मृत्यूसँगै तुहिएको छ ।
यता, ठक्कर दिने टयाक्टर र चालकलाई प्रहरीको जिम्मा लगाइएको छ भने थप अनुसन्धान भइरहेको बाराका डिएसपी भुनेश्वर साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…