नेपाल वायू सेवा निगम कर्मचारी सँघ आन्दोलनमा
भोली बुधबार संचालन समिमि, कार्यकारी अध्यक्ष र नायब महाप्रबन्धकको कार्यकक्ष घेराउ तथा तालाबन्दी
२०७७ असोज १३ मंगलबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । नेपाल वायुसेवा निगम कर्मचारी संघले यही भदौ ४ गते मन्त्रीको ठाडो निर्देशनमा सेल्फ ग्राउन्ड ह्यान्डेलिङ सेवाको नाममा एकलौटी रूपमा विदेशी लगानीमा संचालित हिमालय एयरलाइन्सलाई दिएको प्रति आपत्ति जनाएको छ।
साथै संघले मन्त्रीको यो गलत निर्णय राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको ठहर गर्दै परिस्थितिको आकलन गरी सो निर्णण तत्काल सच्याउन माग गर्दै निर्णय विरूद्द पहिलो चरणको विरोध तथा आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ।
स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले भने थाई र इन्डियन एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्यान्डेलिङको सुविधा हिमालयलाई दिन लागिएको जनाएको छ ।
आन्दोलनको पहिलो चरणको कार्यक्रमहरु अन्तर्गत सोमबार नेपाल वायू सेवा निगमको केन्द्रीय कार्यालय कान्तीपदमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । मँगलबार (आज) निगमका सम्पूर्ण कर्मचारीरुको कालोपट्टि बाँधेर कार्यालयमा काम गर्ने निर्णय गरेको हो ।
भोली बुधबार संचालन समिमि, कार्यकारी अध्यक्ष र नायब महाप्रबन्धकको कार्यकक्ष घेराउ तथा तालाबन्दी कार्यक्रम राखिएको छ भने बिहिबार विभागीय प्रमुखको कार्यकक्ष घेराउ गर्ने कार्यक्रम राखिएको छ ।
यस्तै, १६ गते शुक्रबार दिनको १२ बजे आन्दोलनको समिक्षा संघको केन्द्रीय कार्यलयमा गर्ने तथा १८ गते देखि दोस्रो चरणका ठप्प पार्ने कार्यक्रमको घोषणा गर्ने नेपाल वायुसेवा निगम कर्मचारी संघका (नेपाली कोंग्रेस निकट) कर्मचारी संघका पूर्व महासचिव नरेश यादव जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सँतोष कुमार ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…