धानको न्यून्तम मूल्य निर्धारण, किसानहरुलाई ठुलो राहत
प्रदेश नं. २ का किसान सहित अब देशैभरिका धान उब्जाउने किसानहरुले उनको मिहिनेत र परिश्रमको फल पाउने

२०७७ असोज १० शनिबार, राति १०:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कठिन परिश्रम गरेर धान उब्जाएपनि उचीत मूल्य पाउन नसकेका किसानहरुको लागि ठुलो राहत भएको छ ।
यसअघि किसानहरुसँग व्यापारीहरुले धान कमै मूल्यमा खरिद गर्दै आएपनि अब न्यून्तम मूल्य तोकिएको छ । सँघीय सरकारको कृषि मन्त्री धनश्याम भूसाल तथा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुको सँयुक्त बैठकले देशैभरिका किसानहरुको लागि राहत ल्याएका छन् ।
बैठकबाट अब किसानहरुले धानको सबभन्दा कम मूल्य अर्थात समर्थन मूल्य तोकेको छ । जसमा मोटो धानको लागि प्रति क्वीन्टल २७३५ रुपैयाँ तथा पात्तलो धानको लागि २८८५ रुपैयाँ मूल्य निर्धारण गरिएको हो ।
व्यापारीहरुले किसानबाट थोरै मूल्यमा किनेर बजारमा बढी मूल्य लिएर बेच्ने गरेकोमा किसानहरुले त्यसको उचीत प्रतिफल पाउन सकेका थिएनन् । मन्त्रीस्तरीय बैठकबाट धानको न्यून्तम मूल्य निर्धारण गरेपछि अब किसानहरुले सिधै जहाँ बेचेपनि न्यून्तम मूल्य पाउने भएको छ ।
यसअघि १८०० देखि २००० सम्म मात्र प्रति क्वीन्टलसम्म धान बेच्न पाएका किसानहरुले अब मोटो (मोटकी धान) को मूल्य पनि २७३५ रुपैयाँ कम्तीमा लिनुपर्नेछ । बढीमा किसान र व्यापारिबीच सहमतिको आधारमा पनि मूल्य लिन सकिनेछ , तर २७३५ रुपैयाँ भन्दा कम लिए वा दिए कारवाही हुनेछ ।
सो सन्दर्भमा प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले अब किसानहरुबाट कुनै पनि व्यापारीले मोटो धान २७३५ र पातलो धान २८८५ भन्दा कममा किने कानुन बमोजिम कारवाही हुने बताए ।
उनले प्रदेश नं. २ का किसान सहित अब देशैभरिका धान उब्जाउने किसानहरुले उनको मिहिनेत र परिश्रमको फल पाउने विश्वास व्यक्त गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…