एसपी खडका र डिएसपी महतोलाई विभागीय कारवाही, अन्यलाई ज्यानमुद्दा !
लाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उप–सचिव जोरेन्द्र अर्यालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

२०७७ असोज ८ बिहीबार, राति १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको विजय रामलाई यातना दिएको कारण मृत्यू भएको निष्कर्ष सहित छानबिन समितिले प्रतिवेदन बुझाएपछि रौतहटका तत्कालिन एसपी र डिएसपी सहित अन्यलाई विभागीय कारवाही गर्ने तयारी गरिएको छ ।
सरकारी छानविन समितिले बुझाएको प्रतिवेदनमा एसपी र डिएसपी सहित सई पनि दोषी देखिएको हो । रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा मृत्यु भएका विजय रामलाई यातना दिइएको निष्कर्ष निकालेपछि विभागीत कारवाहीको तयारी गरिएको हो ।
तत्कालिन एसपी रविराज खड्का, डिएसपी ज्ञानकुमार महतो र सई वीरेन्द्र यादवलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । तीनै जनालाई सोही बमोजिम कारवाहीको तयारी गरिएको बुझिएको छ ।
रौतहटको गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा गत साउन ३२ गते पक्राउ गरिएका १९ वर्षीय विजय रामलाई हिरासतभित्रै यातना दिएपछि मृत्यू भएको थियो ।
यातना पश्चात विजय रामको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई वीरगँजको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएपछि मुद्दा बाहिर आएको थियो । मृत्यू अघि नै विजय रामले एक भिडियोमा आफूलाई निरन्जन हत्यामा आरोप स्वीकार गर्न यातना दिएको बोलेका थिए । उनले सो क्रममा लठी, पाईप सहित बिजुलीको करेन्ट समेत लगाएको बयान दिएका हुन् ।
बिजयको भिडियो बयानकै आधारमा गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उप–सचिव जोरेन्द्र अर्यालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
हिरासतमा गएर यातना दिने प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको पनि उनी तीनै जनालाई प्रदेश नं. २ प्रहरी कार्यालयले १६ भदौमै निलम्बन गरिसकेको छ ।
हत्या गरिएका बिजयका बुबा पनिलाल रामले गत २५ भदौमा तत्कालीन एसपी खड्का, डीएसपी महतो, सई यादवसहित ६ जनालाई प्रतिवादी बनाएर यातना तथा ज्यानसम्बन्धी कसूरमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत किटानी जाहेरी दर्ता गराएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…