सर्लाहीमा एक दलित परिवारलाई गाउँबाट भगाउँदै मिटरब्याजी !
सँतोष बैदेशिक रोजगारीमा रहेको बेला उनको परिवारलाई यातना दिएको आरोप

२०७७ भदौ ३१ बुधबार, बेलुकी ६:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सर्लाहीका एक दलित परिवारलाई एक मिटरब्याजीले गाउँबाट भगाउने प्रयास गरेको आरोप लगाइएको छ ।
सर्लाही जिल्लाको मलगँवा नगरपालिका वडा नं. ५ (साबिक भारसर टोल) बस्ने हरिहर सहनीका परिवारलाई स्थानीय एक मिटरब्याजीले घर छाडेर भाग्न दबाब दिएको आरोप लगाईएको छ ।
करिब ९ वर्ष अघि परिवार पाल्न ३ पटक गरी लिएको १० हजार रुपैयाँको मिटर ब्याज जोडेर अहिले करिब ४ लाख रुपैयाँ माग्न दिनहुँ घर आएर धम्काउने गरेको पीडित सँतोष सहनीले बताए ।
आफ्नो परिवारले सोही स्थान बस्ने मिटरब्याजी भनिएको राजदेव खिररी र उनका छोराहरु आएर घर छाडन दबाब दिएको गुनासो पोखे । उनले ७ बर्ष अघि नै उनको रकम ब्याजसहित करिब १८ हजार रुपैयाँ दिसकेको दाबी गर्दै उनले बनाएको तमसुक त्यतिकै राखेर पुनः मिटर ब्याज जोडी करिब ४ लाख रुपैयाँ मागिरहेको दुःखेसो पोखेका छन् ।
परिवार पाल्न बैदेशिक रोजगारीको क्रममा मलेसिया बस्दै आएका पीडित हरिहर सहनीका छोरा सँतोष सहनीले न्यूज ब्यूरोसँग कुराकानी गर्दागर्दै उनको श्रीमति, छोराछोरी र आमालाई राजदेव खिररीका परिवारले बारम्बार कुटपिट गर्दै गरेको बताउँदै भक्कानिए ।
उनले भने, –“म अत्यन्त गरिब छु, मेरो बुवाले लिनुभएको रकम उहाँलाई ७ वर्ष अघि नै पाई पाई चुकाइदिएको छु । उनलाई रकम दिएको गवाही पनि छ टोलमा, त्यतिबेला उनले तमसुक च्यातेन र फेरी केही दिनदेखि मिटर ब्याज जोडेर अहिले ३ लाख ९५ हजार ४४ रुपैयाँ रुपैयाँ मागिरहेको छ । पैसा दिसकेको भन्दा मेरो श्रीमति, छोराछोरी, आमावुवालाई कुटपिट गर्छ, घर छाडेर भाग्न भन्छ , रुपैयाँको सट्टा जमिन दिन भन्छ, तपाई नै भन्नुस हामी यत्रो परिवार लिएर कसरी र कहाँ जाने ?, मेरो मदत गर्ने कोई छैन ?”
उनलाई लिएको रकम तिरेको प्रमाण स्वरुप केही राखिएको जिज्ञासामा उनले केही जनाको बीचमा रकम दिएको बताए । उनले जस जसको बीचमा रकम फिर्ता गरेको उनीहरुसँग पूर्वासाही गराइदिने बताउँदै उनले मिटरब्याजीको चँगुलबाट बचाउन सबैमा आग्रह गरेका छन् ।
सँतोष सहनीको दुई छोरी र एक छोरा छन् । घरमा कमाउने एक मात्र सँतोष बैदेशिक रोजगारीमा रहेको बेला उनको परिवारलाई यातना दिएको आरोप लगाईएको छ । यसबारे मिटरब्याजी भनिने खिररीसँग भने सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…