प्रदेश २ः बलात्कृत किशोरी न्याय नपाएपछि गरिन आत्महत्या, ३ पञ्च पक्राउ !
किशोरीको मृत्युपछि सामूहिक बलात्कारका चार आरोपित गाउँबाट फरार

२०७७ भदौ ३१ बुधबार, बिहान ७:२७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सप्तरी । प्रदेश नम्बर २ को सप्तरी जिल्लामा एक किशोरी न्याय नै नपाएपछि उनले आत्महत्या गरेकी छन् ।
सामुहिक बलात्कारकी शिकार भएकी किशोरीलाई गाउँलेहरुको दबाबपछि नै आत्महत्या गर्न बाध्य भएकी परिवारजनले जनाएको छ । बलात्कारीहरूविरुद्ध प्रहरी कहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गत सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएपछि आरोपित विरुद्ध कारवाहीको लागि निवेदन दिन नदिदा उनले आत्महत्या रोजेकी उनकी आमाले बताइन् ।
बलात्कार भएपछि किशोरीले आरोपित ४ जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि तनावमा परेकी किशोरी मँगलबार आत्महत्या गर्न बाध्य भएकी प्रहरीले जनाएको छ ।
गाउँले पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता तिलक भारतीले जनाएका छन् ।
मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरुले जानकारी दिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…