प्रदेश २ : लकडाउनले बारीमै कुहिन थाले केरा
चिनीमीलहरुले समयमा भुक्तानी नदिए पछि पछिल्लो समय पेशा परिवर्तन गर्दै केरा खेति तर्फ आकार्षित हुँदै आएका थिए ।
२०७७ भदौ २८ आइतबार, बेलुकी ६:०४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । कोरोना प्रभाव पछि जारी निषेधाज्ञाका कारण बाराका केरा किसान समस्यामा परेका छन् ।
गत चैत्र ११ गते देखि चलेको लकडाउन र स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण केरा उत्पादक किसान समस्यामा परेका हुन् ।कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केरा उत्पादक किसानहरु समस्यामा परेका हुन् ।
देश लकडाउनमा परे पछि बाराका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाए पछि बारी मै सड्न थालेको हो । गत चैत देखि नै स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजारीकरण हुँन सकेको छैन् ।
कहिले सवारी साधनमा जोर बिजोर प्रणली लागु हुँने गरेको छ त कहिले खाने कुराबाट कोरोनाको संक्रमण फैलिन्छ भन्ने हल्लाका कारण स्थानीय उत्पादनले बजार नपाएको हो । केरा खेतीबाट मनग्य आम्दानी गर्ने आशमा लगानी गरेका बारा निजगढका केरा उत्पादक किसान अहिले निराश बनेका छन् ।
केरा व्लकबाट बिकसित हुँदै केरा जोनमा आई पुग्न लागेको बाराको निजगढ नगरपालिकाका केरा व्यावसायीका केरा खेतबारी मैं कुहिन थालेको छ । खेतबारी बाटै प्रति कोषा ५ रूपियाँमा बिक्री हुँदै आएको केरा बिगत लामो समय देखि चलेको लगडाउनले प्रति कोसा १ रुपियाँ पनि मुल्य नपाए पछि केरा खेतबारी मैं कुहिन थालेको हो ।
नगदे बाली उँखु खेति गर्दै आएका बाराका किसानलाई चिनीमीलहरुले समयमा भुक्तानी नदिए पछि पछिल्लो समय पेशा परिवर्तन गर्दै केरा खेति तर्फ आकार्षित हुँदै आएका थिए ।
निजगढ नगरपालिका भित्र मात्रै करिब १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । प्रति बिघाह दुई देखि तीन लाख सम्म मुनाफा लिदै आएका किसानहरुले केराको मुल्य नपाए पछि बस्तु भाउलाई खुवाउन थालेका छन् ।
निजगढ नगरपालिका वडा नं. ९ की लक्ष्मि खरेलले मुल्य नपाए पछि गाई बस्तुलाई केरा खुवाउँन थालेको बताईन् । अघिल्ला वर्षमा यो सिजन केराबारी वरपर गाडीका लाईन लाग्थे अहिले भने सुनसान छ ।
यही हिउद र वर्षामा आएको हावा हुरीको नोक्सानी र लामो समयको लकडाउनले निम्त्याएको यो महामारीले निजगढका केरा व्यावसायी उठ्न नसक्ने अवस्थामा पुगेका छन् । केराले मुल्य नपाए पछि व्यावसायीका केरा खेतबारी मै कुहिएका छन् भने केहिले आफ्ना बस्तु भाउलाई खुवाउँने गरेको अर्का किसान बद्री प्रसाद चिमरियाले बताएका छन ।
यता निजगढ नगरपालिकाले बिभिन्न कारणले निम्त्याएको यो बिपतबाट किसानहरुको मनोवल गिर्न नदिनका लागि प्रदेश , केन्द्र सरकारसँग राहतका निम्ति पहल गर्न निजगढ नगरपालिकाले जनाएको छ । निजगढ नगरपालिका केरा व्लकबाट बिकसित हुँदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिब १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा यहाँका किसानहरुले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।
प्रति बिघाह दुई देखि तीन लाख सम्म मुनाफा लिदै आएका किसानहरुले केराको मुल्य नपाए पछि चिन्तीत बनेका हुन् । अन्य बालीको तुलनामा केरा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुँने गरेको किसानहरु बताउँ छन् ।
केरा व्यापारीहरुले खेत बारी मै आएर उत्पादन उठाई दिने र हातोहात नगद पाइँने हुँदा यो व्यावसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…