धनुष जनता उच्च माविमा तोडफोड
न्यूज ब्युरो जनकपुरधाम, २३ माघ । धनुषाको धनुष जनता उच्च माध्यमिक विद्यालयमा तोडफोड गरिएको छ । मँगलबार आक्रोसित विद्यालयका विद्यार्थीहरुले डेस्क बेन्च तोडफोड गरिएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । परीक्षाको लागि ३ महिना मात्र बाँकी छँदा पनि अहिलेसम्म २५ प्रतिशत मात्र पनि पठन पाठन नभएको भन

२०७४ माघ २३ मंगलबार, दिउँसो १२:३० बजे१ मिनेट पढाइ

न्यूज ब्युरो
जनकपुरधाम, २३ माघ ।
धनुषाको धनुष जनता उच्च माध्यमिक विद्यालयमा तोडफोड गरिएको छ ।
मँगलबार आक्रोसित विद्यालयका विद्यार्थीहरुले डेस्क बेन्च तोडफोड गरिएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।
परीक्षाको लागि ३ महिना मात्र बाँकी छँदा पनि अहिलेसम्म २५ प्रतिशत मात्र पनि पठन पाठन नभएको भन्दै आक्रोसित विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
यसका साथै, प्रत्येक वर्ष धनुषाधाममा लाग्दै आएको मकर मेलाको लागि विद्यालयमा सर समाग्रीहरु थुपारिएको भन्दै विद्यार्थीहरु आक्रोसित भएका छन् ।
विद्यालयको प्राविधिक ल्याबमा मेला प्रयोजनको लागि राखिएको भाँडाकुडाहरु राखिएको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापकसँग आक्रोसित भई तोडफोड गरिएको जनाइएको छ ।
विद्यालयका प्रधानाध्यापक जय कृष्ण यादवसँग हाम्रो सहकर्मीले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको हो ।
प्रधानाध्यापक यादवले बारम्बार विद्यार्थीहरु सहित स्थानीय प्रशासनसँग विद्यालय कुशल रुपमा सँचालन गर्ने प्रतिवद्धता जनाएपनि प्रतिवद्धता अनुरुप सँचालन गर्न सकिएको छैन ।
केही महिना अघि समेत विद्यार्थीहरुले नियमित पठनपाठनको माग गर्दै अनिश्चिकालिन तालाबन्दी गरेको थियो ।
विद्यालय प्रशासनले नियमित पठनपाठनको लागि आश्वासन दिएपछि ताला खोलिएको थियो ।
यता, धनुषाधाम नगरपालिकाका मेयर वालेश्वर मण्डलले विद्यालयमा त्यस्तो गतिविधि भइरहेको जानकारी पाएपछि प्रहरी पठाएको जनाए ।
विद्यार्थीहरुले आक्रोसित भएर विद्यालयको जिन्सी समानहरुमा आगजनी गर्ने भनेपछि तुरुन्त प्रहरी पठाएको जनाएको हो ।
घटना बारे थप विवररण आउन बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…