प्रदेश नं. २ (मधेस) को बारेमा सबैले बुझनैपर्ने तथ्यहरु !
न्यूज ब्युरो जनकपुरधाम, २२ माघ । प्रदेश नं. २ को प्रथम प्रदेश सभा बैठक समेत सम्पन्न भएको छ । अर्को बैठक माघ २९ गतेको लागि तोकिएको छ भने प्रदेशको लागि मुख्यमन्त्रीको लागि समेत निश्चितता जनाइएको छ । संघीय समाजवादी फोरम नेपालले आईतबार अबेर राती संसदीय दलका नेताको रुपमा पर्साका मो. लालबाबु राउतलाई मुख्य

२०७४ माघ २२ सोमबार, दिउँसो १२:२० बजे१ मिनेट पढाइ

न्यूज ब्युरो
जनकपुरधाम, २२ माघ ।
प्रदेश नं. २ को प्रथम प्रदेश सभा बैठक समेत सम्पन्न भएको छ । अर्को बैठक माघ २९ गतेको लागि तोकिएको छ भने प्रदेशको लागि मुख्यमन्त्रीको लागि समेत निश्चितता जनाइएको छ ।
संघीय समाजवादी फोरम नेपालले आईतबार अबेर राती संसदीय दलका नेताको रुपमा पर्साका मो. लालबाबु राउतलाई मुख्यमन्त्री बनउने लगभग पक्कापक्की भएको छ ।
अन्य ठोस र स्थायी जानकारीहरु यसप्रकार छन् ।
१. जिल्ला८ ओटा : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा
२. क्षेत्रफल : ९६६१ किलोमीटर स्क्वायर,६..५६५
३. साक्षरता दर : ४९.७२५%
४. जनसंख्या : २०.४५%
५. प्रतिनिधि सभा निर्वाचन क्षेत्र : ३२
६. प्रदेश सभा : ६३
७. क्षेत्रफलको आधारमा सबभन्दा ठूलो जिल्ला : सप्तरी (१३६३)
८. जनसंख्याको आधारमा सबैभन्दा ठूलो जिल्ला : सर्लाही
९. क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला : महोत्तरी (१००२)
१०. जनसंख्याको आधारमा सबैभन्दा सानो जिल्ला : पर्सा
११. सबैभन्दा धेरै मतदाता भएको जिल्ला : धनुषा
१२. सबैभन्दा कम मतदाता भएको जिल्ल : पर्सा
१३. सबैभन्दा धेरै स्थानिय तह भएको जिल्ला : सर्लाही (२०)
१४. सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला : रौतहट (१६)
१५. एकै जिल्लामा २ उपमहानगरपालिका भएको ३ जिल्ला मध्ये एक : बारा
१६. सबैभन्दा कम गाउपालिका भएको जिल्लास : रौतहट (२ओटा)
१७. नेपालकै सबैभन्दा सानो गाउपालिका : परवानिपुर गाउपालिका, बारा
(क्षेत्रफलको आधारमा)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…