अमेरिकी राष्ट्रपतिद्धारा भारतीय प्रधानमन्त्रीको प्रशंसा
दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गर्नुभयो ।

२०७७ भदौ २० शनिबार, दिउँसो ३:३१ बजे१ मिनेट पढाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उहाँले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गर्नुभएको छ ।
स्थानीय समयानुसार शुक्रबार उहाँले भन्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ । उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले जे गरिरहनु भएको छ, त्यो धेरै राम्रो भएको दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गर्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…