घुस सहित प्रहरी जवान रँगेहात पक्राउ
जनकपुरधाम, २१ माघ । घुस लिँदै गरेको अवस्थामा एक प्रहरी जवानलाई अख्तियारले पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु. १० हजार घुस सहित रँगेहात पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धनुषा लक्ष्मीनीयाँका अस्थायी दरबन्दीमा कार्यरत प्रहरी जवान मनोज परसैला रहेको अख्तियारले जनाएक

२०७४ माघ २१ आइतबार, राति ८:३५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २१ माघ ।
घुस लिँदै गरेको अवस्थामा एक प्रहरी जवानलाई अख्तियारले पक्राउ गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु. १० हजार घुस सहित रँगेहात पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा धनुषा लक्ष्मीनीयाँका अस्थायी दरबन्दीमा कार्यरत प्रहरी जवान मनोज परसैला रहेको अख्तियारले जनाएको छ ।
जनकपुर भ्रमरपुरा चोकमा मदिरा विक्रि वितरण ठाडो रुपमा गर्न दिइने तथा प्रहरी सँरक्षण मिलाइदिने आश्वासन सहित परसैलाले एक मदिरा व्यावसायीसँग १० हजार घुस मागेका थिए ।
विशेष सुचनाको आधारमा अख्तियारको टोलीले परसैलालाई रँगेहात पक्राउ गर्न सफल भएको हो ।
पक्राउ गरिएका प्रहरी जवान परसैलालाई अनुसन्धानको लागि अख्तियार कार्यालय बर्दिवास लगिएको जनाइको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…