मधेश सरकारद्धारा ४८ किसानलाई ब्याज अनुदान
धनुषामा एउटा किसानले न्यूनतम ५०० देखि अधिकतम १२ हजार २ सय ३ रुपैयाँसम्म ब्याज अनुदान

२०७७ भदौ १६ मंगलबार, दिउँसो १:२७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकार (मधेश सरकार) ले प्रदेशभरिका झण्डै ४८ हजार किसानको ब्याज तिरिदिएका छन् ।
कोभिड १९ (कोरोना भाईरस) को कारण कैयौँ महिनोदेखि अति प्रभावमा परेका प्रदेश नं. २ का किसानहरुलाई सहुलियतको लागि ४ महिनाको ब्याज अनुदान उपलब्ध गराइदिएको हो ।
प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा लकडाउनका कारण किसानलाई आर्थिक मार परेको भन्दै ५ लाखभन्दा कम कर्जा लिएका ४७ हजार ८ सय ८२ जना किसानको ४ महिनाको ब्याज बापत २१ करोड ६५ लाख ४९ हजार ५ सय ९९ तिरिदिएको छ ।
यसका साथै, प्रदेश सरकारले व्यवसाय पुनःस्थापनाका लागि समेत ३ सय ७ किसानलाई १ करोड २० लाख ८१ हजार ६ सय ९ गरेर कूल २२ करोड ८६ लाख ३१ हजार २ सय ८ रुपैयाँको अनुदान समेत दिएको छ ।
मन्त्रालयका योजना अधिकृत रजनीश मिश्रका अनुसार किसानले खेती तथा कृषि प्रयोजनका लागि बैंक, सहकारी तथा लघुवित्त जस्ता संस्थाबाट लिएको ऋणको चैत्रदेखि असार मसान्तसम्म चार महिनाको ब्याज प्रदेश सरकारले अनुदानस्वरूप किसानको व्यक्तिगत खातामा भुक्तानी गरेको छ ।
मन्त्रालय मातहत रहेका आठ वटै जिल्लाका कृषि ज्ञान केन्द्र र पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत किसानको रकम भुक्तानी गरिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…