आफ्नै निवासमा पत्रकार सिँहको हत्या, हत्यारा चाँडै समात्न मुख्यमन्त्रीको निर्देशन
एजेन्सी । आफ्नै निवासमा बसिरहेको बेला सोमबार साँझ एक पत्रकारको हत्या गरिएको छ । भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको हो । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो । पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या

२०७७ भदौ ९ मंगलबार, बेलुकी ५:४६ बजे१ मिनेट पढाइ

एजेन्सी । आफ्नै निवासमा बसिरहेको बेला सोमबार साँझ एक पत्रकारको हत्या गरिएको छ । भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको हो ।
बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो । पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
प्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबीका कारण हप्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जानकारी दिएको छ ।
हत्या गरिएका पत्रकारका पिताले भने सोही गाउँका प्रमुख झबर सिंहले आफ्नो छोराको हत्या गरेको बताएका छन् । उनले तिनै गाउँले प्रमुखले नै यसअघि आफ्नो जेठो छोराको पनि हत्या गरेको भनेर भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
बालिया जिल्लाका प्रहरी प्रमुख देवेन्द्रनाथले हत्यामा संलग्न जो सुकैलाई पनि कानुनी कारबाही गरिने बताए । यता, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पत्रकार हत्यामा सँलग्न जो सुकैलाई चाँडो भन्दा चाँडो कानुनको दायरामा ल्याउन कडा निर्देशन दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…