सिडिओद्धारा किसानको मल खोसिए
मानिसहरु पनि ओहोर दोहोर गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली अनुगमनमा निकलेका थिए ।

२०७७ भदौ ९ मंगलबार, दिउँसो ४:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । भन्सार छली गरी तस्करीको माध्यमबाट नेपाल भित्रयाइएको रासायनिक मल बारा स्थानिय प्रशासनले बरामद गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्राद पण्डित सहितको अनुगमन टोली ४० बोरा रासायनिक मल बरामद गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
आइतबार बिहान बाराको सिम्रौनगढ गाउँपालिकाको अन्तर्गतका ४ वटा सिमा नाका अनुगमनका क्रममा ९ वटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको रासायनिक मल बरामद गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
बरामद मल वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो । निषेधाज्ञाको समयमा पनि खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करी जारी रहेको र मानिसहरु पनि ओहोर दोहोर गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली अनुगमनमा निकलेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…