मलेसियाको जेलमा रहेका मधेशीहरुलाई आममाफीको लागि NRMA को पहल
"समस्यामा परेका मधेशीहरुलाई खाने, बस्ने ब्यवस्था गर्नुका साथै उद्धार गरी नेपाल पठाउने काममा समेत सँघ निरन्तर"
२०७७ भदौ ९ मंगलबार, दिउँसो ४:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, मलेसिया । विश्वभरि छरिएर रहेका मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी सँघ (एनआरएमए) ले मलेसियाँमा फँसेका मधेशीहरुको लागि पहल जारी राखेको बतार्ईएको छ ।
गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहाले विभिन्न मुद्दामा परी तथा कम्पनीको कार्य व्यवहारले फँसेका मधेशीहरुलाई बचाउन तथा सहयोगको लागि सँघ अग्रसरता देखाएको बताएका छन् ।
सँघका मलेसियाका कार्यवाहक अध्यक्ष सिकेन्द्र यादव, कोषाध्यक्ष सँजीव कुशवाहा र उनका टिमले मलेसियामा समस्यामा रहेका मधेशीहरुको उद्धारका लागी पहल गरी रहेको अध्यक्ष कुशवाहाले बताएका छन् ।
यसै क्रममा सँघका पदाधिकारीहरुले नेपाली राजदूतावासमा समेत फ़ॉलो अप जारी राखेको बताईएको छ । कामको सिलसिलामा मृत्यु भएका बिन्देश्वर महतो (सिरहा) र सुरेश राय (सर्लाही) को शव (लास) अलपत्र परेको अवस्थामा नेपाल पठाउन र उनीहरुको कम्पनीबाट पाउने क्षतिपूर्तिका लागी प्रयास जारी राखिएको बताइएको छ ।
यस्तै, विभिन्न आरोपमा मलेसियामा जेल जीवन बिताई रहेका अरुण चौधरी (महोतरी), भोला यादव (सर्लाही), महेश यादव (सुनसरी), रबिन्द्र साह (सप्तरी), गंगा राय )सप्तरी) र उमेश मेहता (सुनसरी) का लागी आममाफी र स्वदेश फ़िर्तीका लागी गैर आवासीय मधेशी सँघले सम्बन्धित निकायसंग समन्वय गरिरहेका छन् ।
कोरोना महामारीका कारण रोज़गार गुमाएका र समस्यामा परेका मधेशीहरुलाई खाने, बस्ने ब्यवस्था गर्नुका साथै उद्धार गरी नेपाल पठाउने काममा समेत सँघले निरन्तर गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सँतोष कुमार ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…