सिडिओ अफिसमै 'नक्कली नोट'
नुवाकोट, २० माघ || जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) नुवाकोटमा रु. पाँच सयको नक्कली नोट फेला परेको छ । प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो । राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणम

२०७४ माघ २० शनिबार, बिहान ११:३६ बजे१ मिनेट पढाइ

नुवाकोट, २० माघ || जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) नुवाकोटमा रु. पाँच सयको नक्कली नोट फेला परेको छ ।
प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो ।
राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले जानकारी दिनुभयो ।
नक्कली नोटको नंं ग ९४६० ०३६८६० रहेको छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने नक्कली नोट प्रशासन कार्यालय र बैंकका कर्मचारीले गणना गर्ने क्रममा समेत थाहा नभएको र उपकरणमार्फत गणना तथा जाँच गर्ने क्रममा पत्ता लागेको हो ।
नक्कली नोट केही बाक्लो रहेको भए पनि प्रयोगमा आएर पुरानो भइसकेकाले सक्कल सरह देखिएकाले सहज रुपमा पत्ता लाग्न कठिनाई देखिएको लेखापाल लम्सालले बताउनुभयो । नक्कली नोटलाई बैंकले नियन्त्रणमा लिएको छ । बैंककाअनुसार नक्कली नोटमा सक्कल जस्तै देखिने गरी सुरक्षा सिल ९तार जाली० समेत लगाइएको छ भने आकार र रंग उस्तै रहेको छ ।
नक्कली नोट भेटिएपछि सचेत भएको प्रशासन कार्यालयले नोटको जाँच तथा परीक्षणको लागि उपकरण खरिद गर्ने तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…