सिरहाका महतो मलेसियामा मृत फेला
उनको मृत्यू बारे तथ्य खुलेपछि मात्र भन्न सकिने जवाफ फर्काएको साहले जनाएका छन् ।

२०७७ भदौ ३ बुधबार, बिहान १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, मलेसिया । बैदेशिक रोजगारीको क्रममा विदेशिएका सिरहाका एक पुरुष मलेसियामा मृत फेला परेका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ५ घर भएको बिन्देश्वर महतो गत आईतबार मलेसियामा मृत फेला परेका हुन । सोही कम्पनीमा कार्यतरत जय साहले न्यूज ब्यूरोलाई दिएको जानकारी अनुसार बिगत ९ महीना देखि मलेशिया सेलङ्गोरमा सुरक्षागार्डमा महतो कार्यरत थिए ।
निरन्तर काम गर्दै आएका महतोको आईतबार अचानक मृत्यू भएको जनाइएको छ । सो सन्दर्भमा सेक्यूरिटी गार्ड प्रदान गर्ने कम्पनीले केही जानकारी नदिएको तथा प्रहरीको अनुसन्धान अहिले जारी रहेकोले उनको मृत्यू बारे तथ्य खुलेपछि मात्र भन्न सकिने जवाफ फर्काएको साहले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…