सिरहाको औरही गाउँपालिकामा अख्तियारको छापा
यसअघि सिरहा नगरपालिकामा समेत अख्तियारले छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको थियो ।

२०७७ साउन ३२ आइतबार, बेलुकी ५:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको औरही गाउँपालिकामा अख्तियारको टोलीले छापा हानेको छ । गाउँपालिका अध्यक्षले अस्वभाविक रुपमा रकम निकासा गरेको आशंकामा कागपत्रहरु नियन्त्रणमा लिएको हो ।
गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले पदाधिकारी भत्ता भनेर १२ लाख रुपैयाँ भत्ता वापत लिएपछि व्यापक जनगुनासो बढेपछि अख्तियार छापा हानेको हो । कार्यपालिका बैठक बाहेक जनताको सेवा गरेवापत जनप्रतिनिधिले कुनै प्रकारको भत्ता लिन नपाउने व्यवस्था रहेपनि अध्यक्षले १२ लाख रुपैयाँ भत्ता पकाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको टोलीले गाउँपालिकाको केही कागजातहरु आफ्नो नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा पनि भ्रष्टाचार गरेको व्यापक जनगुनासो बढेपछि अख्तियारले छापा हानेको हो ।
आईतबार (आज) गाउँपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैयाँ खर्च गरेको तथ्याँक सार्वजनिक गरेपछि के र कुन शिर्षकमा खर्च भएको बारे छापा हानिएको हो ।
अख्तियारका शाखा अधिकृत हिरालाल भोलम र प्रहरी ईन्स्पेक्टर सजेन्द्र भट्टको नेतृत्वमा गएको टोलीले कार्यालयको कागजपत्र नियन्त्रणमा लिएको हो । यसअघि सिरहा नगरपालिकामा समेत अख्तियारले छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…