वडाध्यक्षका छोरा सरकारी गाडीमै ड्रगस सहित पक्राउ
न्यूज ब्यूरो, बीरगँज । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ४ का वडाध्यक्षका छोरा प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका छन्। प्रहरीले वडाध्यक्ष सुवास राउत थारुका छोरा शशिकान्त राउत थारुलाई लागु औषध सहित शनिबार सांझ सोहि गाउँपालिकाको वडा नं. १ मा पर्ने ओरिया खोला किनारबाट पक्राउ गरेको हो। विशेष सुचन

२०७७ साउन ३२ आइतबार, बिहान ११:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बीरगँज । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ४ का वडाध्यक्षका छोरा प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका छन्।
प्रहरीले वडाध्यक्ष सुवास राउत थारुका छोरा शशिकान्त राउत थारुलाई लागु औषध सहित शनिबार सांझ सोहि गाउँपालिकाको वडा नं. १ मा पर्ने ओरिया खोला किनारबाट पक्राउ गरेको हो।
विशेष सुचनाको आधारमा उनी सवार सेतो सरकारी नम्बर प्लेट भएको ना १ ब ३५९० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा प्रतिबन्धित नाइट्रोभेट ट्याबलेट ४० पिस, कोटिन फ्रलेक्ट पि सिरप ८ पिस र स्टाम्पो २ पिस सहित उनलाई पक्राउ गरिएको प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरिक्षक सिकेन्द्र पाण्डेले जानकारी दिए।
पक्राउ परेका थारुलाई लागु औषध र मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उनले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…