सिरहा : प्रहरी ईन्स्पेक्टर 'पुरी' को संरक्षणमा यौनधन्दा, मासिक कमिशन कति ?
अहिले लकडाउन चलेकोले यस्तोमा ५० हजार मागेपनि दिनुपर्ने बाध्यता

२०७७ साउन ३० शुक्रबार, बेलुकी ५:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा यति बेला विभिन्न होटल तथा लजहरुमा यौनधन्दा फस्टाएको छ । र त्यो यौन धन्दा निर्वाध रुपमा सँचालनको लागि सहयोग गर्छन ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) जनक पुरी ।
गोलबजारमा सँचालित अधिकांश बढी होटल तथा लजमा यौन धन्दा हुँदै आएको छ । स्थानीय प्रहरीकै रोहबरमा निर्वाध रुपले यौन धन्दा सँचालनमा रहेको देखिएको छ । अधिकांश होटल तथा लजमा हुने यौन व्यापारमा सघाउँछन् ईन्सपेक्टर जनक पुरी ।
ईन्सपेक्टर पुरी त्यहाँ स्थित सँचालित होटल तथा लजहरुबाट मासिक रुपमा कमिशन उठाउँछन् । कुनैबाट १० हजार त कुनैबाट १५ हजार रुपैयाँ गरी कमिशन उठाएको खुलेको छ ।
ईन्सपेक्टर पुरीले घुमुवा टोलीका सँतोष कटुवाललाई मासिक रुपमा होटल तथा लजबालाहरुसँग १० देखि १५ हजार रुपैयाँसम्म उठाउने गरेको छ । ईलाका प्रहरीलाई पटक पटक यौनधन्दाको बारेमा भान भएपनि मिलोमत्तोमा यौन धन्दा फस्टाएको छ ।
एक स्थानीयका अनुसार, होटल तथा लजमा आउने युवति, महिलाहरु स्थानीय हुँदैनन, बाहिरबाट आएको देखिन्छन् । साँझ परेपछि धमाधम लजभित्र पस्ने र केही बेर पछि निस्कने गरेको छ । (यसको भिडियो प्रमाण छ)
यौनधन्दा र ईन्सपेक्टर पुरीले उठाउँदै गरेको महिनाबारी कमिशनको बारेमा गोलबजार स्थित सँचालनमा रहेको मनोज होटलले पनि पोल खोलेका छन् । एक कुराकानीमा उनले अहिले लकडाउन चलेकोले यस्तोमा ५० हजार मागेपनि दिनुपर्ने बाध्यता रहेको बताउँछन् ।
एक होटल सँचालकले भने, –“सँतोष जतिको रकम लिन्छ, त्यो सबै ईन्स्पेक्टर साहबलाई दिन्छ, उसले बढी लिने होइन् । अब ईन्स्पेक्टर साहब आफैं त आउने होइन नी । स्तर पनि हेर्नुपर्छ ।” यसले ईन्स्पेक्टर पुरी मासिक रुपमा रकम असुलेको भनेर बयान दिएको छ ।
सो सन्दर्भमा ईन्स्पेक्टर पुरीसँग कुराकानी गर्दा उनले आरोपलाई निराधार बताएका छन् । उनले स्थानीय केही जनाले उनको ईसारामा चल्नुपर्ने दबाब बनाएको र त्यो अनुसार नगरेको कारण आफूलाई फँसाउन खोजेको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
ईन्सपेक्टर पुरीले गोलबजार स्थित रहेको मनोज होटललाई आफूले नै कारवाही गरेको दाबी गरे । उनले आफ्नो नाममा कसले रकम उठाएको बारे आफूलाई केही थाहा नभएको खण्डन गरे ।
(रकम उठाउने सम्बन्धी अडियो रेकर्ड सुरक्षित छ । यौनधन्दा सम्बन्धी भिडियो सुरक्षित छ । )
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…