अमेरिका : व्हाईट हाउस बाहिर फायरिँग
अहिले व्हाईट हाउसको वरिपरि सुरक्षा तैनाथ गरिएको छ भने अवस्था समान्य बनाएको छ ।

२०७७ साउन २७ मंगलबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, अमेरिका । अमेरिकामा राष्ट्रपति आवास ह्वाईट हाउसको बाहिर फायरिँग भएको छ । आज राखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रकार सम्मेलनको क्रममा व्हाईट हाउस बाहिर फायरिँग भएको हो ।
फायरिँगपछि राष्ट्रपति ट्रम्पले बीचमै आफ्नो पत्रकार सम्मेलन स्थगन गर्नु परेको थियो । उनलाई तत्कालै सुरक्षा गार्डले सुरक्षित स्थान तर्फ लगेको समाचार एजेन्सीहरुले जनाएको छ । घटनाक्रमको क्रममा अमेरिकी सिक्रेट एजेन्टहरुले हतियारवंद व्यक्ति उपर कब्जा गरेको हो ।
यद्यपी, केही बेरपछि राष्ट्रपति ट्रम्प फिर्ता भएर आफ्नो पत्रकार सम्मेलनमा बाहिर फायरिँग भएको अधिकारिक पुष्टि गरेका हुन् । सिक्रेट सर्विस एजेन्सीबाट ट्वीट गर्दै एक युवकलाई सिक्रेट एजेन्टसँग १७ स्ट्रीट र पेंसिल्वेनिया एवेन्यूमा व्हाइट हाउसको एक ब्लकमा गोलाबारीको घटनापछि अस्पताल लगिएको छ ।
ट्रंपले भने, गोलाबारी गर्ने युवकको अझै पहिचान भने भइसकेको छैन र उनको लक्ष्य, मकसदको बारेमा केही खुलेको छैन । उनले गोलाबारी किन गरेको बारे अहिले पनि अनुसन्धान भइरहेको छ । ती युवकलाई कुन प्रकारको खतरा थियो भनेर अझै खुल्न सकेको छैन ।
अहिले व्हाईट हाउसको वरिपरि सुरक्षा तैनाथ गरिएको छ भने अवस्था समान्य बनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…