लेबनान विस्फोट : संकटमा परेका प्रधानमन्त्रीले दिए राजीनामा
यसअघि चार जना मन्त्रीले राजीनामा घोषणा गरिसकेका छन् ।

२०७७ साउन २७ मंगलबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन् ।
४ अगस्टका दिन राजधानी बेरुतमा भएको भयानक विस्फोटपछि उनको सरकारविरुद्ध चर्को जनआक्रोश देखिएको थियो ।
२ सयको ज्यान जानेगरी भएको सो विस्फोटका कारण लाखौँ मानिस घरबारविहीन भएका थिए । विस्फोटपछि बेरुतमा प्रदर्शनहरु भएका छन् ।
यसअघि नै प्रधानमन्त्री दियाबका क्याबिनेटका चार जना मन्त्रीले राजीनामा घोषणा गरिसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…