सुत्केरी मृत्यू प्रकरणमा ट्वीस्ट : जिउँदै बच्चा पनि फाल्ने थियो योजना ?
अस्पतालसँग मोटो रुपैयाँ लिएर मिलेको उनको ससुरा पक्षले बच्चा समेत चोरेर गाडीमा राखेका थिए ।

२०७७ साउन २४ शनिबार, दिउँसो ३:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा शुक्रबार एक अस्पतालमा भएको सुत्केरी मृत्यू प्रकरणमा उनको परिवारजनले पैसा लिएर घटना मिलाएपछि नयाँ ट्वीस्ट आएको छ ।
सुत्केरीको शरिरमा भएको रगत समूह भन्दा फरक रगत समुहको रगत जनकपुरको रामजानकी हस्पिटलमा चढाएपछि सुत्केरीको मृत्यू काण्डमा बच्चालाई पनि मार्ने प्लान विफल भएको छ ।
सुत्केरी मृत्यूपछि तातिएको अस्पतालको माहौलमा मृतक सुत्केरीको ससुरा पक्षले ५ लाख रुपैयाँ लिएर अस्पतालसँग मिलेको छ। सो क्रममा गएराती नै बच्चालाई पनि मार्ने योजना रहेको र विफल भएको मृतक सुत्केरीको माईती पक्षको आरोप छ ।
अस्पतालसँग मोटो रुपैयाँ लिएर मिलेको उनको ससुरा पक्षले बच्चा समेत चोरेर गाडीमा राखेका थिए । उनलाई कतै गएर फालिदिने योजना सहित बच्चा चोरी गरी गाडीमा राखेको मृतक सुत्केरीका दाजु त्रिभुवन महतोले बताएका छन् ।
गत विहिबार राती करिब ८ बजेको समयमा जनकपुरको रामजानकी हस्पिटलमा सुत्केरीको शरिरमा फरक समूहको रगत चढाएपछि मृत्यू भएको हो । सो क्रममा ससुरा पक्षले छोरी नै भएपछि शिशु छोरीलाई समेत मारेर फाल्ने योजना बनाएको र अन्त्य विफल भएको आरोप लगाइएको छ ।
शुक्रबार राती अस्पताल प्रशासनसँग ५ लाख रुपैयाँ दिएपछि मुद्दा नगर्ने, आरोप फिर्ता लिने सहमति गरेपछि बच्चालाई गाडीमा राखेर बाटोमै फालेर भाग्ने योजना विफल भएको माईती पक्षको आरोप छ ।
मृतक सुत्केरीका दाजु त्रिभुवनले भने, –“राती हामीलाई फोन आयो की बच्चा कहाँ छ ? म झसँग भए , किनकी मेरो भान्जी त अस्पतालमै थियो र मेरो ज्वाई, उनको बुवा पनि त्यही थियो । मेरी भान्जी उनीहरुको साथ थियो भने नवजात शिशु गइन कहाँ ? यीनीहरुले उल्टै मलाई बच्चा लगेको भनेर आरोप लगाएपछि शँका लाग्यो । महेन्द्रनगर जनकपुर सडकखण्डमा गाडी चेकजाँचको क्रममा गाडीमै बच्चा भेटेपछि बच्चालाई जिउँदै फाल्ने प्लान विफल भयो । यीनीहरु पैसामा मेरी बहिनी बेचे ।”
गएको बिहीबार राति ८ बजे रामजानकी हस्पिटलको चरम लापरबाहीले महोत्तरीको गौशाला नगरपालिका ११ बस्ने भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको मृत्यु भएको थियो । ओ पोजेटिभको साटो बी पोजेटिभ रगत चढाउँदा मृत्युभ एको अस्पताल सञ्चालक सञ्चालक गणेश साहले समेत स्वीकार गरेका छन् ।
यस सन्दर्भमा मृतक सुत्केरीकी ससुरा पक्षसँग सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…