सिरहामा मदिरा, मोबाईल र डिजे प्रतिवन्ध
सिरहा, १९ माघ । सिरहाको कल्याणपुर नगरपालिकाका केहि वडामा मदिरा बिक्रीबितरण तथा मोबाईल प्रयोगमा रोक लगाईएको छ । कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष दिपेन्द्र यादबको अध्यक्षतमा बुधबार बसेको बैठकले सर्बसम्मतले साबिक गाबिस बिष्णपुर, चिकना र भोक्राहा तथा हाल कल्याणपुर नगरपालिका बडा नं. ४, ५ र ६

२०७४ माघ १९ शुक्रबार, दिउँसो १२:३९ बजे२ मिनेट पढाइ

सिरहा, १९ माघ । सिरहाको कल्याणपुर नगरपालिकाका केहि वडामा मदिरा बिक्रीबितरण तथा मोबाईल प्रयोगमा रोक लगाईएको छ ।
कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष दिपेन्द्र यादबको अध्यक्षतमा बुधबार बसेको बैठकले सर्बसम्मतले साबिक गाबिस बिष्णपुर, चिकना र भोक्राहा तथा हाल कल्याणपुर नगरपालिका बडा नं. ४, ५ र ६ मा जाँडरक्सी बिक्री बितरण र प्रयोगमा रोक लगाईएको छ ।
यता, उक्त वडाहरुमा १६ वर्ष मुनिका बालबालिकाहरुलाई मोबाइल प्रयोगमा रोक समेत लगाइएको हो ।
समाजमा जाँड रक्सी सेवनबाट हुने विकृति विसंगति, होहल्ला, झै–झगडाको अन्त्य गरि समाजलाई शान्त बनाउन जाँड रक्सी निषेधित क्षेत्र घोषणा गरिएको बडा नं। ६ का बडा अध्यक्ष मोतिबुल राइनले बताए ।
तिनै बडा क्षेत्र भित्र पसलहरुमा रहेका जाँडरक्सी माघ मसान्त भित्र बिक्रीबितरण गरिलिन निर्देशन दिँदै फाल्गुन १ गतेबाट पाईएमा पहिलो पटक पसलेलाई रु। ५ हजार र प्रयोगकर्तालाई रु। २ हजार जरिवाना गर्ने निर्णय गरिएको छ ।
बैठकले तिनै बडालाई भोजपुरी गित मुक्त क्षेत्र घोषणा गरिएको छ । निर्णय बिपरित भोजपुरी गितसंगित बजाएमा रु। ५ हजार जरिवाना गर्ने निर्णय गरिएको छ ।
भोजपुरी गितले समाजमा बिकृति, बिसंगति फैलाउने भएकोले रोक लगाईएको छ । यसले भैm–झगडा हुनुका साथै बालबालिका र महिलालाई नाकारात्मक असर पार्ने भएकाले आफूहरुले अभियान नै थालेको बडा अध्यक्ष राइनले स्पष्ट गरे ।
बैठकले तिनै बडा क्षेत्रमा पर्ने कमला नदिबाट जथाभाबी गिटी र बालुवा निकासी गर्न नदिने निर्णय गरिएको छ । बिद्यार्थीहरुलाई शौक्षिक अध्ययन कार्ड उपलब्ध गराई पठनपाठनमा प्रोत्साहन गर्ने समेत निर्णय गरिएको छ ।
बैठकले १६ बर्ष मुनिका युवायुवतिलाई मोवाईल र मोटरसाइल प्रयोग गर्न रोक लगाईएको बडा अध्यक्ष राईनले जनाए । मोवाइलले समाजमा बिकृति बढाएको बैठकले निष्कर्ष निकाल्दै निर्णय बिपरित प्रयोग गरेको पाईएमा पहिलो पटक रु. ५ सय जरिवाना गर्ने निर्णय गरिएको जारी बिज्ञप्तीमा उल्लेख रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…