रेशम चौधरी अस्पताल भर्ना
अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।

२०७७ साउन २४ शनिबार, बिहान १०:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना भएका छन् ।
दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भर्ना भएका हुन् ।
डिल्लीबजारस्थित कारागारका जेलर गणेश आचार्यकाअनुसार केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएकाले रेशम चौधरीलाई अस्पताल भर्ना गरिएको हो ।
तत्कालीन् राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रेशम चौधरीले २०७५ पुस १९ मा शपथ लिएका थिए । पूर्व सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
उनलाई २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् ।
अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…