श्रीलंकामा राजापाक्ष दाजुभाइको दल यसरी बन्दैछ जनताको आशाको केन्द्र
चुनावमा पायो स्पष्ट बहुमत

२०७७ साउन २३ शुक्रबार, बिहान १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । श्रीलंकामा बुधबार भएको संसदीय चुनावमा सत्तारूढ दल श्रीलंका पोडुजना पेरामुना (एसएलपीपी) विजयी भएको छ ।
चुनावी नतिजाले राजापाक्ष परिवार श्रीलंकाको राजनीतिमा अझ शक्तिशाली हुने देखिएको छ । कोरोना भाइरसको संक्रमणबीच बुधबार भएको चुनावमा ७१ प्रतिशत मत खसेको थियो ।
यो सन् २०१५ को संसदीय चुनावको तुलनामा करिब ६ प्रतिशत कम हो । राष्ट्रपति गोटाभया राजापाक्ष तथा प्रधानमन्त्री महेन्दा राजापाक्षको दल (एसएलपीपी) २२५ सिटमध्ये १४५ सिटमा जित हात पारेको छ ।
त्यस्तै उसको गठबन्धनमा रहेको दलले थप ५ सिट जितेको छ । प्रमुख विपक्षी दल एसजेबीले ५४ सिटमा जित हात पारेको छ ।
प्रधानमन्त्री राजापाक्षका भाइ गोटाभया राजापाक्ष गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका हुन् । त्यसलगत्तै उनले आफ्ना दाइलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपति राजापाक्षले चुनावमार्फत आफ्नो दलले ऐतिहासिक दुई तिहाइ सिट हासिल गर्ने बताएका छन् ।
गठबन्धनले दुई तिहाइ सिट प्राप्त गरेकाले उनी सन् २०१५ को संविधानले सीमित पारेका राष्ट्रपतीय अधिकार पुनःस्थापित गर्ने दाउमा छन् । २ सय २५ सदस्यीय संसद्मा १ सय ५० मत पु¥याउन सकेको खण्डमा उनले संविधान संशोधन गर्न सक्नेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…