अमेरिकाले टिकटकमा लगायो प्रतिबन्ध
अमेरिकाले राष्ट्रिय सुरक्षाका लागि टिकटकका मालिकविरूद्ध आक्रामक कारबाही गर्नुपर्ने पनि आदेशमा भनिएको छ ।

२०७७ साउन २३ शुक्रबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाएका छन् ।
ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै, अमेरिकाले राष्ट्रिय सुरक्षाका लागि टिकटकका मालिकविरूद्ध आक्रामक कारबाही गर्नुपर्ने पनि आदेशमा भनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…