भारतको कोरोना अस्पतालमा आगलागी, आठको मृत्यु
सर्ट सर्किटका कारण आगो लागेको हो ।

२०७७ साउन २२ बिहीबार, बिहान ११:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा आत्तिएर ८ संक्रमितको मृत्यु भएको छ ।
अहमवाद सहरको नवरंगपुरस्थित सहरमा रहेको श्रेय अस्पतालमा बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्तम मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन् ।
अधिकारीका अनुसार अस्पतालका कर्मचारीले पीपीई किट लगाएर काम गरिरहेका थिए, सर्ट सर्किटका कारण आगो लागेको हो ।
आगो एक घण्टामै नियन्त्रणमा लिइएको थियो । तर, आत्तिएर ८ बिरामीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…