लेबनान विस्फोट : ३ लाख मानिस विस्थापित, ५ अर्ब डलरको क्षति
विस्फोटपछि अनेकौँ मुलुकहरुले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

२०७७ साउन २१ बुधबार, राति १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । लेबनानको बेरुतमा मंगलबार भएको विस्फोटबाट ३ लाख मानिस विस्थापित भएको सरकारले जनाएको छ ।
सो विस्फोटमा परी कम्तीमा १ सय जनाको ज्यान गएको र ४ हजारभन्दा बढी घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।
‘३ लाखभन्दा बढी लेबनानी नागरिक आफ्नो घरमा सुत्न नसक्ने अवस्था छ,’ बेरुतका गभर्नर मार्वान आबुदले भने, ‘बेरुतको आधा जनसंख्या बस्ने घरहरु तत्कालका लागि बस्न नमिल्ने भएको छ ।’
विस्फोटबाट करिब ५ अर्ब डलरको क्षति भएको अनुमान गरिएको छ । मंगलबार बेरुतमा भयानक विस्फोट भएको थियो । जसको धमाका २ सय ४० किलोमिटर टाढा साइप्रससम्म महसुस गरिएको थियो ।
विस्फोट निश्चित कारण थाहा भइसकेको छैन । यद्यपि बन्दरगाहको गोदाममा राखिएको २७ सय टन एमोनियम नाइट्रेट विस्फोट भएको अनुमान गरिएको छ । सो पदार्थ अत्याधिक विस्फोटक मानिन्छ ।
विस्फोटपछि अनेकौँ मुलुकहरुले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । कतारले स्वास्थ्य सामग्रीसहितको विमान पठाएको छ ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ बिहीबार बेरुत पुग्दैछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…