भोली प्रदेश २ मा सार्वजनिक विदा
भीडभाड नगरी लामो दुरीको यात्रा नगरी रक्षा बन्धन बनाउन आग्रह

२०७७ साउन १८ आइतबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा भोली (सोमबार) सार्वजनिक विदाको घोषणा गरिएको छ । प्रदेश सरकारको परिपत्र अनुसार भोली रक्षा बन्धनको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
गत जेठ १० गते नै बसेको प्रदेश सरकारको मन्त्री परिषदको बैठकमा रक्षा बन्धनमा सार्वजनिक विदा दिने निर्णय अनुसार सोमबार सार्वजनिक विदा दिने भएको छ ।
प्रत्येक वर्ष रक्षा बन्धनमा सार्वजनिक विदा दिँदै आएको सरकारले यसवर्ष पनि सार्वजनिक विदा दिने भएको छ । सोमबार सरकारी कार्यालयहरु बन्द रहने जनाइएको छ ।
कोरोनाको महामारीलाई मध्यनजर गर्दै भीडभाड नगरी लामो दुरीको यात्रा नगरी रक्षा बन्धन बनाउन आग्रह गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…